भारतीय राष्ट्रपति नेपाल आउँदा राजकीय सम्मान र एक दिन विदा दिने सरकारको निर्णय

काठमाडौं, कार्तिक ११ । सरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणलाई राजकीय सम्मान दिने निर्णय गरेको छ ।

बिहिवार बसेको मन्त्रीपरिषद्को नियमित बैठकले  भारतीय राष्ट्रपतिलाई राजकीय सम्मान दिने निर्णय गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले दुई मूख्य छिमेकी भारत र चीनका राष्ट्र प्रमूखहरु नेपाल आउँदा आपसी सम्बन्ध र स्वागतका लागि एक दिन सार्वजनिक बिदा दिने निर्णय पनि गरेको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिनुभयो ।

सरकारले राजकीय सम्मानसहित विदा दिने भएपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमणमा उपत्यकाको सवारी ठप्प जस्तै हुनेछ । सर्वसाधारणले सास्ती पाउने निश्चित छ । मुखर्जीको भ्रमणका क्रममा काठमाडौं उपत्यकामा सवारीसाधन चलाउन रोक लगाउने गरी महानगरीय ट्राफिक महाशाखाले रुट नै तोकेको छ ।

राष्ट्रपति आउने दिन एयरपोर्ट, गौशाला, चावहिल, नारायणगोपाल चोक, सानेपा, बल्खु, कीर्तिपुर, नयाँ बानेश्वर, माइतीघर, त्रिपुरेश्वर र कालिमाटी लगायतका क्षेत्रमा सवारी आवागमन रोकिने छ।

भारतीय राष्ट्रपति मुखर्जी यही कात्तिक १७ र १८ गते नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.