अख्तियार प्रमुख कार्कीलाई महाअभियोगबाट हटाउन सवै दल एक हुनुपर्नेमा सांसदहरुको जोड

काठमाडौ । कार्तिक २६ । सांसदहरुले अख्तियार प्रमुख लोकमानसिंह कार्कीले सविधानको धज्जी उडाएको तथा म्याद तामेली गर्न नदिने,संसदीय समितिले बोलाउँदा नआएर संसदको मानहानी गर्ने र पदिय दुरुपयोग मार्फत उदण्डता मच्चाउने जस्ता कैयौ गल्ती गरेकाले महाअभियोगबाटै हटाउनुपर्ने बताएका छन ।

संसदको शुक्रवारको बैठकमा सासंदहरुले कार्कीलाई महाअभियोग लगाउने प्रयाप्त आधार भएको पनि जिकिर गरे ।
उनीहरुले महाअभियोग प्रस्ताव पारित गर्न तिन दल एक ठाउँमा उभिनुपर्ने पनि बताए ।
बैठकमा काग्रेस सांसद धनराज गुरुङले लडाकु शिविरको छानविन गर्ने भनेर पत्रकार सम्मेलन गर्नु कार्कीले ब्ल्याकमेलिङको पासा फालेको आरोप लगाउनुभयो । कार्कीलाई बचाउन चलखेल भैरहेको भन्दै उहाँले संसदले जनताको स्वाभिमानका बिरुद्ध जान नहुने बताउनुभयो ।
एमालेका सासंद पुरुषोत्तम पौडेलले अख्तियार प्रमुख कार्कीले सविधान र विधिको अवहेलना गरेको बताउँदै लोकतन्त्रको उपहास गरेको कुरा संसदले टुलुटुलु हेर्न नसक्ने उल्लेख गर्नुभयो । उहाँले महाअभियोग प्रस्तावलाई जति पर धकेल्यो मुलुक त्यति दिशाहिन हुने भन्दै संसदले सर्वसम्मत पारित गर्नुपर्नेमा जोडदिनुभयो । अख्तियार प्रमुखले नै अख्तियार दुरुपयोग गरेपछि महाअभियोग लगाउनुको विकल्प नभएको उहाँको भनाई थियो ।

नेकपा मालेका सासंद शिवचन्द्र चौधरीले विगतमा प्रमुख बनाउने निर्णय नै गल्ति भएको भन्दै महाअभियोग सर्वसम्मत रुपमा सवै दल एक भएर पारित गर्नुपर्ने बताउनुभयो । एक जना पनि विपक्षमा नगएर मतदिनुपर्छ उहाँको भनाइ थियो ।
राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले जनआन्दोलन दवाउन भुमिका खेल्ने लोकमानसिंह कार्कीलाई प्रमुख दलले बाध्यताबस ल्याउनु नै गल्ति भएको भन्दै त्यो बेला कार्कीलाई कसको दवावमा ल्याइएको थियो त्यो प्रमुख दलका नेताहरुले संसदमा भन्नुपर्छ  भन्नुभयो । शपथको केही दिन पछि हामी जाँदा राष्ट्रप्रमुखले मलाई दवाव आयो भन्नुभएको थियो । त्यो दवाव नेपालको थिएन ।भन्दै केसीले संसद र सर्वोच्चको आदेश नमान्नेलाई महाअभियोग लगाउनु स्वभाविकै भएको बताउनुभयो । तर् खाएको देखिन्न विरालो मारेको देखिन्छ भनेजस्तै भएको छ केसीको भनाई थियो ।

सांसद रुक्मिणी चौधरीले त्यसबेला कार्कीलाई नियुक्ति दिनेलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्ने माग गर्नुभयो । उहाँले दलका भष्ट्राचारको फाइल पनि जनताले हेर्न र जान्न पाउनुपर्ने भन्दै उहाँले गल्तिगर्नेहरुलाई कानूनी कठघरामा ल्याउनुपर्नेमा जोडदिनुभयो ।
सांसद प्रेमबहादुर सिंहले महाअभियोग प्रस्ताव विधिसम्मत र औचित्यपुर्ण भएको तर पारदर्शी नभएको टिप्पणी गर्नुभयो । लोकमानसिंह कार्कीले सविधान निर्माणका बेला पनि अनुचित दवाव दिएको सांसद सिंहको आरोप थियो ।
काग्रेसका मिनबहादुर विश्वकर्माले लोकमानसिहं कार्कीको महाअभियोग प्रस्ताव पारित गर्ने पक्षमा स्वयं प्रस्तावक दलहरु नै नभएको आशंका गर्नुभयो ।
शेरबहादुर तामाङले भष्ट्राचारीलाई कार्वाही गर्ने प्रकृया शुरु भएको भन्दै महाअभियोग प्रस्ताव पारित गर्नुपर्नेमा जोडदिनुभयो ।संसद बैठक सोमवार पुन बस्नेछ ।द्य

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.