बन्दको प्रभाव देशभर,कतै सवारी साधन तोडफोड,कतै बन्दकर्ता पक्राउ

कार्तिक २८, काठमाडौं । नेत्रविक्रम चन्द समूहको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दको प्रभाव देशभर परेको छ ।
बन्दका कारण सार्वजनिक बुटवल लगायत देशभरका शहरमा सवारी साधन अन्य दिनको तुलनामा कम चलेका छन् । भने उद्योग,कलकारखान, शिक्षण संस्थाहरु प्नि बन्द छन । सार्वजनिक सवारी साधन न्य’न चल्दा सर्वसाधारणलाई गन्तव्य पुग्न कठिनाइ भएको छ ।
बन्दका कारण ब’टवलबाट चल्ने छोटो तथा लामो दूरीका सवारी साधन पनि चल्न सकेका छैनन् । रुपन्देहीका बजार उद्योग, कलकारखाना, शिक्षण संस्था पनि खुलेका छैनन् । भारतका विभिन्न ठाउँबाट आएका सयौं यात्रुहरु स’नौली नाकामा अलपत्र परेका छन् । कतिपय यात्रुहरु ई९रिक्सामा महँगो भाडा तिरेर गन्तव्यतर्फ जान बाध्य छन् ।
भैरहवा, मणिग्राम, देवदह, मुर्गिया, सालझण्डी लगायत क्षेत्रका बजारहरु पनि बन्द रहेका छन् ।
बन्दकर्ताले ठाँउठाँउमा सवारी साधनमा आगजनी र तोडफोड पनि गरेका छन । उनीहरुले कैलालीको गेटामा चालक भित्रै रहेका बेला आइतवार बिहान ट्रकमा पेट्रोल छर्केर आगजनी गरेका छन् ।
धादिङमा एउटा यात्रुबसमाथि बन्दकर्ताले बिहान ढुंगा प्रहार गरेर क्षति पुर्याएका छन् । ढुंगा प्रहारबाट एक यात्रु घाइते भएका छन् ।
यसैबीच, राजधानीमा सवारी साधन सञ्चालनमा अवरोध गर्न खोज्ने एक सय ३० जना विप्लब माओवादीका कार्यकर्तालाई प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको छ । काठमाडौंको बानेश्वर, बालाजु, बौद्धलगायतका स्थानबाट १ सय २९ जना पक्राउ परेका छन् । त्यस्तै, ललितपुरबाट चार जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
न्ेकपा माओवादीले खाद्यवस्तुमा भएको मूल्यवृद्धि र पेट्रोलियम पदार्थको मूल्य समायोजनको माग गर्दै आइतवार नेपाल बन्द आह्वान गरेको हो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.