डाक्टर गोविन्द केसीद्धारा फेरी अनसन सुरु

काठमाडौ । कार्तिक २७ । वरिष्ठ चिकित्सक डाक्टर गोविन्द केसीले नौ सूत्रीय मागसहित फेरी अनसन सुरु गर्नुभएको छ ।

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानको डिनमा केशवप्रसाद सिंह नियुक्त भएकै दिन डा. गोविन्द केसीले डिन नियुक्तिमा चलखेल भएको भन्दै अनसन शुरु गर्नुभएको हो ।

रिक्त भएको नौ महिनापछि नवनियुक्त डिन सिंहले आइतवार नै पदभार सम्हाल्नुभएको छ ।

तर डाक्टर केसीले डिन नियुक्त गर्ने त्रिविका उपकुलपति खनियाँलार्इ बर्खास्त गर्नुपर्ने माग गर्नुभएको छ ।

एमबीबीएस अध्ययन शुल्क उपत्यकाभित्र ३५ लाख र बाहिर ३८ लाख तथा बीडीएसमा २० लाख रुपैयाँ कायम गर्नुपर्ने र  चिकित्सा शिक्षा ऐन नआएसम्म नयाँ मेडिकल कलेज सम्वन्धन दिन नहुने लगायत माग पनि केसीका छन ।

केसीले प्रत्येक प्रदेशमा मेडिकल कलेज खोल्ने सम्झौता तत्काल कार्यान्वयन गर्न तथा निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथिको महाअभियोग प्रक्रिया निष्कर्षमा पुयाउन समेत माग गर्नुभएको छ ।

केसीले यसअघि पनि स्वास्थ्य क्षेत्रको सुधारका माग राख्दै नौ पटक अनसन बसिसक्नुभएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.