पाँच नम्वरको सिमा नचलाउन प्रचण्डलाई माओवादी नेता कै चेतावनी

काठमाडौ । कार्तिक २७ । प्रधानमन्त्री पुष्पकमल दाहालले पाँच नम्वर प्रदेशको सिमांकन हेरफेर गरेर सविधान संशोधन गर्ने तयारी गरिरहेका बेला माओवादी कै वरिष्ठ नेताहरुले सिमा नचलाउन चेतावनी दिएका छन ।

माओवादीका पाँच नम्वर प्रदेश इन्चार्ज र जिल्ला इन्चार्जहरुको बैठकमा नेताहरुले पाँच नम्वर प्रदेशको सीमांकन तलमाथी नगर्न प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष दाहाललाई चेतावनी दिएका हुन् ।

बैठकमा माओवादी नेताहरुले गुल्मी,पाल्पा,अर्घाखाँचीको सिमा चलाए मान्य नहुने बताएका थिए ।

प्रधानमन्त्री दाहालले भने मधेश केन्द्रित असन्तुष्ट दलहरुको माग सम्वोधन गर्न पाँच नम्वर प्रदेशको सीमांकन हेरफेर गर्नुपर्ने भनेका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.