काठमाडौं । मंसीर ९, अमेरिकाका नवनियुक्त राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना कटु आलोचक दुई जना महिलालाई आफ्नो मन्त्रीमण्डलमा नियुक्त गरेका छन ।
राष्ट्रपति ट्रम्पले साउथ क्यारोलाइना राज्यकी गभर्नर निक्की हेलीलाई संयुक्त राष्ट्रसंघका लागि दूत र बेट्सी डेभोसलाई शिक्षामन्त्री चयन गरेका हुन ।
भारतीय मूलकी अमेरिकी नागरिक हेलीले आफू ट्रम्पको प्रशंसक नभएको बताएकी छन भने डे भोसले ट्रम्प अनिच्छित व्यक्ति भएको टिप्पणी गरेकी छन ।
शिक्षामन्त्रीमा चयन डेभोस अर्बपति र रिपव्लिकन पार्टीकी चन्दादाता हुन ।
ट्रम्पले यसअघि नै सीआएईको निर्देशकमा माइक पोम्पेओ महान्यायाधिवक्तामा जेफ सेजन्स र आफ्ना प्रमुख सहयोगीमा रेइनस प्रेबसलाई नियुक्त गरिसकेका छन् ।