व्यवस्थापिका संसद अवरुद्ध

काठमाडौं । मंसीर १९,  संसद संविधान संशोधन विधेयकको विरोध गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतका दलहरुले आइतवार पनि व्यवस्थापिका संसद अवरुद्ध गरेका छन ।

संसद बैठक प्रारम्भ भए लगत्तै संविधान संशोधन विधेयक फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, माले, नेमकिपा लगायत दलका सांसदहरुले विरोध गरेका थिए ।

संसद लगातार अवरुद्ध भएको यो तेश्रो पटक हो । बैठकमा नेमकिपाकी सांसद अनुराधा थापामगरले सरकारले भारतको ईसारामा संविधान संशोधन विधेयक ल्याएको भन्दै यसले मुलुकमा विखण्डन निम्त्याउने आरोप लगाउनु भयो ।

बैठकमा थापाले राप्रपालाई भारतीय पक्षले एकिकरण गराएको भनेपछि राप्रपाका सांसदहरुले बिरोध गरेका थिए ।  संसदको अर्को बैठक २२ गते बुधबार बस्ने भएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.