डाक्टर गोबिन्द केसीले २२ दिनदेखिको अनशन तोडे

काठमाडौं । मंसीर १९,  धेरै माग पुरा भएपछि डाक्टर गोबिन्द केसीले २२ दिनदेखिको अनशन आइतवार तोड्नुभएको छ ।

चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै अनसनमा बस्नुभएका डा. केसीले भूकम्पमा आमा गुमाएका साढे दुई वर्षीय बालकको हातबाट जुस पिएर अनशन तोड्नुभएको हो । चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै केसी दश पटक अनसन बसिसक्नुभएको छ ।

अनशन तोडेपछि पत्रकारहरुसँग प्रतिकृया जनाउँदै डाक्टर केसीले स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारका लागि दलका नेता र सरकार अझै संवेदनशील हुन नसकेको वताउनु भयो ।

उहाँले सञ्चारमाध्यम र जनता संवेदनशील भएकै कारण आफूले उठाएका माग पूरा भएको पनि बताउनुभयो ।

अनशन तोड्नुअघि सरकारी पक्ष र केसीबीच आइतवार नै १२ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

सरकार र डाक्टर केसीबीच त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठताका आधारमा डीन नियुक्ति गर्ने, मेडिकल कलेजले गरिब तथा जेहेन्दार विद्यार्थीलाई दिने निःशुल्क कोटा थप गर्ने लगायत विषयमा सहमति भएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.