काठमाडौं, चैत १० । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चीन भ्रमण दुई देशबीचको सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण रहने बताउनु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा चीन भ्रमणका सन्दर्भमा बिहिवार पूर्व प्रधानमन्त्री र विज्ञहरुसँग सुझाव ग्रहण गर्दै प्रधानमन्त्रीले आफू मुख्यतः बोआओ सम्मेलनमा सहभागी हुन चीन जान लागेको जानकारी दिँदै यसक्रममा उच्च स्तरीय भेटघाट र छलफल हुने बताउनु भयो ।
प्रधानमन्त्रीले आफ्नो चीन भ्रमण मुलतः सदभावना भ्रमण भएको जानकारी दिँदै यसक्रममा दुई देशबीच विश्वासको वातावरण बढाउने तथा नेपालको हितका विविध बिषयमा छलफल हुने जानकारी दिनु भयो ।
उक्त भेटमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, माधव नेपाल, झलनाथ खनाल लगायतले दुइ देशबीचको सम्वन्ध सुधार र पहिलेका सहमति कार्यान्वयनमा जोडदिएका थिए ।
चीन भ्रमणका कम्रममा प्रधानमन्त्री दाहालले शुक्रवार चीनिया उपप्रधानमन्त्रीलाई भेट्नुहुनेछ भने शनिवार बोआओ सम्मेलनलाइ सम्वोधन गर्नुहुनेछ ।
प्रधानमन्त्री दाहालले चिनिया राष्ट्रपति सि जीन पिङलाइ पनि बेइजिङमा भेटनुहुनेछ । तर कुनै सन्धि सम्झौता भने नहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।