चुनावमा जुट्यो एमाले, वडा अध्यक्ष र सदस्यहरुको उम्मेदवार तय गर्ने अधिकार जिल्ला कमिटीहरुलाई

काठमाडौ । चैत १० । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आसन्न स्थानीय निर्वाचनमा सिंगो पार्टी जुट्ने निर्णय गर्दै देशभरिका स्थानीय तहको वडा अध्यक्ष र सदस्यहरुको उम्मेदवार तय गर्ने अधिकार जिल्ला कमिटीहरुलाई दिएको छ । देशभर ६ हजार ६ सय ८० वडा रहेका छन् ।
यसैगरी गाउँपालिका र नगरपालिकाको प्रमुख, उपप्रमुखको उम्मेदवारी तय गर्ने अधिकार सम्बन्धित प्रदेश कमिटीलाई दिइएको छ भने उपमहानगर र महानगरपालिकाका उम्मेदवारको निर्णय भने स्थायी कमिटीले नै गर्ने निर्णय एमालेले गरेको छ ।
पार्टी अध्यक्ष केपी ओलीको निवास भक्तपुरमा बिहीबार बसेको एमाले स्थायी किमिटीको बैठकले वडा, गाउँ/नगर कमिटीको सिफारिसमा वडा अध्यक्ष तथा सदस्यहरुको उम्मेदवारी टुंग्याउने अधिकार सम्बन्धित जिल्ला कमिटीहरुलाई दिएको हो । सरकारले आगामी वैशाख ३१ गतेका लागि स्थानीय तहको निर्वाचन तय गरेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.