दोश्रो चरण निर्वाचनमा पनि एमाले पहिलो पार्टी

काठमाडौ । असार २३ । प्रमुख शहरी क्षेत्र र गाँउ क्षेत्र दुवैतिर शसक्त उपस्थिति देखाउँदै दोस्रो चरणमा निर्वाचनमा पनि नेकपा एमाले पहिलो पार्टी बन्न सफल भएको छ ।

निर्वाचन भएका तीन सय ३४ स्थानीय तहमध्ये तीन सय ३ सय २७ स्थानको नतिजा सार्वजनिक हुँदासम्मको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमाले एक सय ४८ स्थानमा विजयी भएर पहिलो स्थानमा छ ।

संसदको पहिलो दल नेपाली कांग्रेस भने दोश्रो चरणको स्थानीय तह निर्वाचन समेत दोश्रो दलमा सिमित भएको छ । काँग्रेसले एक सय १८ स्थानमा विजयी भएको छ ।

नेकपा माओवादी केन्द्र पहिलो चरणको निर्वाचनमा झै यसपाली पनि ३८ स्थानमा जित हात पारेर तेश्रो स्थान मै छ ।

यो निर्वाचनमा संघीय समाजवादी फोरमले आठ र नेपाल लोकतान्त्रिक फोरमले ६ स्थानीय तहमा जितेका छन । यस्तै राप्रपा,राजमो लगायत अन्य दल तथा स्वतन्त्रले नौ स्थानमा जित हात पारेका छन् ।

दोश्रो चरणमा निर्वाचन भएको एक मात्र महानगर बिराटनगरमा मतगणना भैरहँदा काँग्रेस अगाडी छ । तर परिणाम आएका उपमहानगरहरुमा भने एमालेले धेरै ठाउँमा जितेको छ ।

बुटवल,इटहरी,तुल्सिपुर, घोराही जस्ता ठुला उपमहानगरमा एमालेले जितेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.