बढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १ सय १४

बुटवल । साउन ३१ । वर्षासँगै आएको बढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १ सय १४ पुगेको गृहमन्त्रालयले जनाएके छ ।
बाढीपहिरो र डुवानबाट विभिन्न जिल्लामा १ सय १४ जनाको मृत्यु भएको र ३५ जना अझै बेपत्ता भएका छन । गृह मन्त्रालयका अनुसार २ हजार ८ सय भन्दाबढी घरहरु पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् भने ३ हजार ७ सय पूर्वाधारहरुमा क्षति पुगेको छ ।
नेपाली सेनाका ७ वटा र निजी क्षेत्रका ६ वटा हेलिकोप्टर लगायतका साधनहरु खोज, उद्धार र राहत वितरणका लागि प्रयोग गरिएको मन्त्रालयले जनाएको छ ।
यता गृहमन्त्रालयले बाढी, पहिरो र डुबानबाट प्रभावित व्यक्ति तथा परिवारलाई राहत प्रदान गर्ने नाममा अनधिकृत रुपमा राहत रकम संकलन नगर्न आग्रह गरेको छ ।
कुनै संघ संस्था वा व्यक्तिले राहत सामग्री दिन चाहे केन्द्रीय वा जिल्ला दैवी प्रकोप उद्धार समितिले तोकेको क्षेत्रमा मात्र वितरण गर्नुपर्ने र आफूखुसी राहत वितरण गरेमा कारवाही गरिने पनि गृह मन्त्रालयले जनाएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.