काठमाडौ । असोज २७ । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले व्यवस्थापिका-संसदको बैठकबाट पारित भएका सात वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
जसमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक २०७४ ,राष्ट्रिय समावेशी आयोग विधेयक २०७४, आदिवासी जनजाति आयोग विधेयक २०७४,मधेशी आयोग विधेयक२०७४,अन्तर-सरकारी वित्त व्यवस्थापन विधेयक२०७४, राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी विधेयक२०७४ र राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी विधेयक, २०७४ रहेका छन ।
प्रमाणिकरणका लागि पेश हुन आएकबमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।