बुटवल ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने निणर्य गरेको छ । पार्टी अनुशासन आयोगको सिफारिसमा केन्द्रीय समितिको बैठकले ढकाललाई निलम्बन गरेको बताएको छ । बुधबारको बसेको केन्द्रीय समितिको बैठकमा स्वय महामन्त्री मुकुल ढकालको पनि उपस्थीति थियो । तर बैठक लाइभ गर्न प्रस्ताव गरेका ढकालको प्रस्ताव अस्वीकृत भएपछि मुखमा कालो पट्टी बाधेर बैठकमा बसेका थिय ।
पार्टी अनुशासन विपरीतका गतिविधि गरेको र पार्टीका विरुद्धमा लागेको भन्दै ढकाललाई निलम्बन गर्ने निणर्य भएको रास्वपाका एक पदाधिकारीले बताएका हुन । बुधबारै अनुशासन आयोगको बैठकले ढकाललाई कारबाहीको लागि सिफारिस गरेको थियो ।