ट्रंक लाइन समस्याको समाधान विद्युत प्राधिकरण आफैले खोज्नु पर्छ अर्थमन्त्री विष्णु पौडेल
बुटवल, मंसिर २० ।
अर्थमन्त्री विष्णु पौडेलले लामो समयदेखिको ट्रंक लाइन र डेडिकेटेडमा देखिएको समस्याको समाधान विद्युत प्राधिकरण आफैले खोज्नुपर्ने बताउनु भएको छ । नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औँ केन्द्रीय सभाको बिहीबार बुटवलमा उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले अब टंक लाइनको समस्या लम्बिननहुने बताउँदै प्राधिक रणले समस्या समाधानका लागि चासो नदेखाए सरकारले समाधान गर्नेबताउनु भयो ।
अर्थमन्त्री पौडेलले उद्योगहरुले विद्युत प्रयोग गरेको रकम तिर्नुपर्छ त्यसका लागि प्राधिकरणले समयमै बिल उपलब्ध गराउनुपर्ने बताउनुभयो । अर्थमन्त्री पौडेलले प्राधिकरणको उच्च ब्यवस्थापनतह चिन्ताजनक अवस्थामा रहेको बताउदै लिगबाट बाहिरिन खोजेको प्राधिकरणकलिगमा फर्काउन पहल गर्नुपर्ने अवस्थामा पुगको बताउनु भयो । सरकारको गतिमा हिड्न आनाकानी गरेको समेत बताउनु भयो ।
‘उहाले यही विषयमा अल्झिन नहुने भन्दै उर्जा क्षेत्रमा नेपालले फड्को मारिसकेको अवस्थामा प्राधिकरणले आफ्नो जिम्मेवारी पूरा गरी विश्वसनीय र भरोसायोग्य संस्था बनाउनुपर्नेमा जोड दिनुभयो । प्राधिकरण आफै सबल र सक्षम नहुँदासम्म त्यहाँभित्र काम गर्ने कर्मचारीहरुलाई सक्षम बनाउन नसकिने बताउदै पौडेलले सरकारले राष्ट्रसेवक कर्मचारी तथा नागरिकको हित हुने गरी काम गर्दै आएको दावी गर्नुभयो ।
एमाले उपाध्यक्ष समेत रहेका पौडेलले कर्मचारीको सेवा सुविधा र रोकिएको बीमा लगायतका विषयमा सरकार सहकार्य गर्न तयार रहेको स्पष्ट पार्नुभयो । विद्युत प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष रामकुमार थेवेले युनियनले कर्मचारी सदस्यहरुको हित र सुरक्षामा काम गर्दै आएको बताउनु भयो । उहाले प्राधिकरणका उच्चतहका नेतृत्वबाट सहिसमयमा सहिकाम नहुदा कर्मचारी हरुले पिडा खेप्नु परेको बताउनु भयो ।
लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले जलस्रोतको धनी देश नेपालले यसको उच्चतम प्रयोग गरी त्यसबाट आर्थिक समृद्धी प्राप्त गर्नुपर्नेमा जोड दिनुभयो । मुलुकलाई अस्थिरतामा धकेलेर आफ्नो स्वार्थ पूरा गर्ने उद्देश्यकासाथ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरु लागिरहेको गिरीको भनाइ छ ।
ठूला राजनीतिक दलहरुले केही गर्न सकेनन् भनेर हल्ला फिजाउने र उनीहरले लोकतन्त्र स्थापनका लागि खेलेका भूमिकाहरुलाई गलत ढंगले व्याख्या गरेर समाजमा अराजकता फैलाउने काम भएको बताउँदै उहाले चिन्ता व्यक्त गर्नुभयो ।
यस्तै कार्यक्रममा विद्युत प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष रामकुमार थेवे विद्युत प्राधिकरण कर्मचारी युनियन लुम्बिनी प्रदेशका अध्यक्ष अमितकुमार रेश्मी, विद्युत प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख हरिप्रसाद पाण्डे, विद्युत् प्राधिकरण कर्मचारी युनियनका सहअध्यक्ष धुलिराम थापा, विद्युत् प्राधिकरण कर्मचारी कल्याण परिषद्का अध्यक्ष श्रीप्रसाद आचार्य, राष्ट्रिय कर्मचारी संघका अध्यक्ष जनार्दन भट्टराई, विद्युत प्राधिकरण कर्मचारी कल्याण परिषद्का अध्यक्ष , राष्ट्रिय कर्मचारी संघका अध्यक्ष जनार्दन भट्टराई, पेशागत महासंघका अध्यक्ष पुन्यप्रसाद ढकाल कल्पना थापा लगायतले बोल्दै युनियनले कर्मचारीहरुलाई संगठित गर्दै पेशागत सुरक्षामा ध्यान दिनुपर्ने बताउनु भएको थियो । कर्मचारी युनियनका महासचिव शंकर बहादुर क्षेत्रीको सञ्चालनमा कार्यक्रम भएको थियो । नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औँ केन्द्रीय सभाभाग लिन देशभरबाट प्रतिनिधि स्वयसेवक प्रर्यवेक्षक गरी एकहजार बढीको सहभागिता रहेको प्राधिकरण युनियनले जनाएको छ । कार्यक्रमको पुर्व सन्धयामा युनियन प्रभात फरी निकालेको थियो । बुटवलस्थीत लुम्विनि प्रादेशिक कार्यलयबाट निकालिएको प्रभात फेरी कालिका नगर,तिनकुने,बसपार्क मिलनचोक, चौराहा,लगायत बुटवलका बिभिन्न भाग परिकर्मा गरी कार्यक्रम स्थलमा पुगेको थियो । कार्यक्रम दुइ दिन सम्म चल्नेछ ।