क्रिमसन अस्पतालको नयाँ सेवा ः घर–घरमै पुगेर रगतको नमूना संकलन

 

मंसिर २०  तिलोत्तमा । रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं. ५ मणिग्राममा रहेको क्रिमसन अस्पतालले सेवाग्राहीको घर–घर मै पुगेर रगतको नमूना संकलन कार्य सुरु गरेको छ । सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर होम कलेक्सन अर्थात् सेवाग्राहीको घर घर मै पुगेर रगतको नमूना संकलन कार्यको सुरु गरिएको अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालका जानकारी दिए । उनका अनुसार रगतको नमूना संकलनका लागि सेवाग्राहीले १ दिन अगावै अस्पतालको पैसा नलाग्ने टोल फ्रि नम्बर १८१०५०००१४४ मा सम्पर्क गरी नाम दर्ता गर्न सक्नेछन् । हाललाई होम कलेक्सन तिलोत्तमा नगरपालिका भित्रका १७ वटा वडाहरूमा लागू गरिएको र क्रमशः जिल्लाका अन्य पालिकाहरुमा समेत विस्तार गरिने अस्पताल प्रशासनले जनाएको छ । रगतको नमूना संकलनको काम हरेक दिन बिहान ७ बजेदेखि १० बजेसम्म गरिने र रगतको नमूना संकलन बापतको सेवा शुल्क अस्पतालले निर्धारण गरे अनुसार कैं हुने अस्पतालका प्रमुख प्रशासकिय अधिकृत मनमोहन भट्टराईले बताए । सेवा शुल्क भुक्तानीको लागि क्युआर अथवा नगद गर्न सकिने भट्टराईले बताउनुभयो । उहाँका अनुसार संकलित रगतको रिर्पोट इमेल वा ह्वाट्सएप मार्फत उपलब्ध गराइने छ । अस्पतालका अनुसार सार्वजनिक बिदाको दिन भने नमुना संकलनको काम गरिने छैन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.