बुटवल, २१ मंसिर ।
नेपाल मगर महिला संघ रूपन्देहीको आयोजनामा हुने शुक्रबार आजदेखि प्रथम मगर साहित्य महोत्सव आयोजना हुँदै छ । नेपालकै एैतिहासिक स्थल जीतगढी किल्ला बुटवल २ मा आयोजना हुन लागेको महत्व २ दिनसम्म सञ्चालन हुनेछ । महोत्वसमा मगर समुदायको भाषा, साहित्य, ईतिहास र परम्परको संक्षणमा टेवा पुग्नेगरी पुस्तक प्रदर्शनी, मगर भाषामा कविता बाचन प्रतियोगिता, चित्रकला प्रदर्शनी तथा विक्री, साँस्कृतिक झाँकीहरू, पुस्तक विमर्श, डकुमेन्त्री प्रदर्शन तथा छलफल तथा विभिन्न प्यानल छलफल गरिने महोत्सव मूल आयोजक समितिका प्रवक्ता शंकर गाहाले जानकारी दिनुभयो ।
यसैगरी गोरेबहादुर खपाङ्गी मगर सामाजिक योगदान पुरस्कार तथा आदिकवि जितबहादुर सिंजाली र रेख बहादुर सारु मगर साहित्य पुरस्कार स्थापना गरिने उहाँले जानकारी दिनुभयो । बुटवलको जितगढी किल्लामा आयोजना गरिने महोत्सवमा उपसभामुख इन्दिरा रानाको उपस्थितीमा ‘उत्थान अभियानदेखि उपसभामुखसम्म’ विषयक प्यानल डिस्कशन हुने प्रचार समिति संयोजक यम रानाले जानकारी दिनुभयो ।
यसैगरी पूर्वसभामुख ओनसरी घर्ती मगरको उपस्थितीमा ‘मगर महिलाः राजनैतिक र सामाजिक नेतृत्वको सवाल र सम्भावना’ विषयक प्यानल डिस्कशन हुने उनले जानकारी दिनुभयो । चर्चित नायिक मिरुना मगरको उपस्थितीमा ‘मगर युवाः कलाले देश चिन्दै र चिनाउँदै’ शिर्षकमा छलफल हुने छ ।
अन्य प्यानल छलफल तर्फ ‘भाषा पहिचानः मगर जाति र मातृ भाषाको प्रश्न’ विषयमा छलफल हुने छ । यसैगरी ‘नेतृत्व र जवाफदेहिता ः मगर हिजो, आज र भोलिको प्रश्न’, ‘२१ औं शताब्दीः मगर समुदायको पुनःदयको युग’, ‘साहित्य धर्म तथा संस्कृति हराए के हुन्छ ? स्वबोध र दिशाबोध’ लगायतका विषयमा प्यानल डिस्कशन हुने प्रचार समितिका संयोजक रानाले जानकारी दिनुभयो ।
यसैगरी महोत्सवमा समाजशास्त्री तथा अध्ययता सुरेश ढकालको प्रस्तुती रहने छ । महोत्सवमा मगर समुदायले बोल्ने ढूट, खाम तथा काईके गरी ३ वटै भाषामा कविता बाचन प्रतियोगिता हुने महोत्सव मूल आयोजक समितिका संयोजक तथा नेपाल मगर महिला संघ रूपन्देही अध्यक्ष निर्मला थापाले जानकारी दिनुभयो । उक्त प्रतियोगितामा प्रथम, द्वितीय, तृतीयलाई नगद राशीले सम्मान गरिने छ । यसैगरी सान्त्वना हुने दुई जनालाई पनि नगद पुरस्कारको व्यवस्था गरिनुका साथै सम्पूणर् सहभागीलाई प्रोत्साहनस्वरूप नगद राशीले सम्मान गरिने थापाले जानकारी दिनुभयो ।