बुटवल, पुस २ । कालिका मानवज्ञान माविको ६४ औं वार्षिकउत्सव तथा अभिभावक दिवस र चौथो कालिका कप सुरु भएको छ । मंगलबार कालिका नगर सेक्टर १ मा विशेष कार्यक्रम आयोजना गरी कार्यक्रम शुभारम्भ गरिएको हो ।
शुभारम्भ कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रदेश सभा सदस्य लिला गिरीले कालिका मानवज्ञान माविले खेलकुलका धेरै विधामा महत्वपूर्ण प्रगति गरेको बताएका छन् । उनले उनले कालिकाले यो क्षेत्रको मात्रै नभएर मुलुककै उत्कृष्ठ विद्यालयको रुपमा प्रमणीत गरेको बताए । उनले भने,‘हाम्रो मुलकको सबै सामुदायिक विद्यालयमा यसै गरी अनुशासनीत र उत्कृष्ठ नतिजा दिन सकिन्छ भन्ने उदाहरण कालिका मानवज्ञान माविले पेश गरेको छ ।’
कार्यक्रममा बोल्दै प्रदेश खेलकुद् परिषद्का सदस्य सचिव तिरणराज गौतमलल कालिका मानवज्ञान मावि एउटा शैक्षिक धरोहरको रुपमा अगाडि बढेको बताउँदै खेलकुदको क्षेत्रका विद्यलायले गरेको लगानी सह्रासनीय भएको बताए । मदन भण्डारी स्पोर्टस् एकेडमीका केन्द्रीय अध्यक्ष धुब्र आचार्यले अव खेलकुद विधालाई अनितरित्त भन्दा पनि अनिवार्य विषयको रुपमा सुरुवात गर्नुपर्ने बताएका थिए ।
बुटवल नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाले कालिका मानवज्ञान हरेक क्षेत्रमा उत्कृष्ठ विद्यालयको रुपमा अब्बल बन्न सफल भलएको बताएका थिए । कार्यक्रममा नेपाल खेलकुद विद्यालय महासंघका अध्यक्ष लेखनाथ पौडेल शिक्षा संगसंगै अतिरिक्त क्रियाकलापमा कालिका मानवज्ञान माविले अब्बल सावित गर्दै आएको बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनेश थापाले कालिका मानवज्ञान माविको हालसम्मको अवस्थाको लागि सम्पूर्ण पूर्वशिक्षक, पूर्वपदाधिकारीहरु लगायत सबैको योगदान रहेको भन्दै उनले सबैको साथ र सहयोग सदैव सकारात्मक रहेको बताएका थिए । उनले क्रिकेट, भलिबल, फुटबवलगायतका खेलकुदमा विद्यार्थीहरुको योगदान राष्ट्रमा नै उच्च रहेको बताएका थिए । विद्यालयले खेलकुदको आधारस्तम्भ खडा गर्न सफल भएको भन्दै उनले कालिकाकपको निरन्तरता एउटा उदाहरण भएको समेत बताएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले खेलकुदले एकताको प्रदर्शन गर्ने भन्दै विद्यालयले लामो समयदेखि शैक्षिक वातावारणसहित खेलकुदका विविध गतिविधीहरुलाई अगाडि बढाउँदै आएको बताएका थिए । कालिका कप जिल्लास्तरीय रुपमा ६ गतेसम्म विभिन्न प्रतियोगिता गर्दै छ । ७ गते मूल समारोह आयोजना हुने छ । कालिका कपअन्तर्गत दौड, छात्रछात्रा भलिबल प्रतियोगीता, कबड्डी प्रतियोगीता, कालिका गायन तारा, जिल्लस्तरीय कविता प्रतियोगीतासमेत आयोजना हुँदै छ । पुस ७ गते हुने मूल समारोहमा विज्ञान प्रदर्शनीसहित पुरस्कार वितरण तथा सम्मान कार्यक्रम आयोजना गरिने छ ।