बुटवल,पुस १४ ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बुटवल उपमहानगर समितिले बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेका छ । बुटवलको जेसिज भवन पुस्तक प्लाजामा भएको रक्तदान कार्यक्रममा ५३ युनिट रगत संकलन भएको उपमहानगर अध्यक्ष रामप्रसाद भुसाल ले जानकारी दिनुभयो । बढ्दो रगत अभाव लाइ मध्येनजर राखेर रक्तदानकार्यक्रमको आयोजना गरीएको अध्यक्ष भुसालले जनाकारी दिनु भयो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगर पालिका वडा न ४ का वडाध्यक्ष नरिश्वर शर्माले नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले रक्तदानकार्यक्रमको आयोजना गरेर पुण्यको काम गरेको बताउनु भयो ।
वडाध्यक्ष शर्माले हरेक संघ संस्थाले यस्तै सामाजिक काम गर्नुपर्ने बताउनु भयो । शर्माले यस्ता परोपकारी काम गर्दा आत्मसन्तुष्टि मिल्ने भन्दै यसप्रकारका कार्यक्रमलाइ निरन्तरता दिन आग्रह गर्नुभयो । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला अध्यक्ष गोपाल बस्याले महासंघले समाजिक कामलाइ महत्वका साथ अगाडि बढाइ रहेको बताउनु भयो । उहाले महासंघ ब्यापार ब्यवसाय मात्र होइन रचनात्मक सृजनात्मक काममा लागि रहेको र रहिरहने समेत बताउनु भयो ।
कार्यक्रममा महा संघका पुर्व केन्द्रीय अध्यक्ष हरी अर्याल,मनोहरी बस्याल,निवर्तमान केन्द्रीय बरिष्ठ उपाध्यक्ष दिवाकर घिमिरे,प्रदेश अध्यक्ष हेमानन्द शर्मा, निबर्तमान जिल्ला अध्यक्ष राकृष्ण चापागाइ, नेपाल स्वयंसेवि रक्तदाता समाजका जिल्ला अध्यक्ष कृष्ण चौहान क्षेत्रीलेलगायतले बोल्दै रक्तदान जस्तो महान काम भएको भन्दै पुरानो र नया पुस्तामा समेत नियमित रक्तदान गर्नुपर्छ भन्ने मान्यता स्थापित भैरहेको बताउनुभयो । रक्तदान कार्यक्रम संयोजक अस्मिता काफ्ले घिमिरेको स्वागत सचिव सरोज खनालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।