पहिलो पटक एक दिवसीय श्रीमद्भागवत सार सारांश कथा सत्सङ्ग दुबईमा हुने

पौष १४
वृद्ध आश्रम साथै गुरुकुलमा सहयोग गर्ने र युएईमा रहेका नेपाली समुदाय माझ आपसि सद्रभाव आध्यात्मिक भाव बढाउने उद्देश्यले एक दिवसीय श्रीमद्भागवत सार सारांश कथा सत्सङ्ग हुने भएको छ । वैष्णव परिषद् युएईको आयोजनामा पहिलो पटक एक दिवसीय श्रीमद्भागवत सार सारांश कथा सत्सङ्ग दुबईमा हो ।
अनन्तः श्रीविभूषित आचार्य श्री १००८ चक्रपाणी स्वामिजी महाराजलाई आमन्त्रण गरी यहीँ २०२५ जनवरी ५ तारिख आइतबारको दिन दुबई स्थित वर दुबई मिना बजारमा एक दिवसीय श्रीमद्भागवत सार सारांश कथा सत्सङ्गको भब्य कार्यक्रम गर्न लागिएको श्रीबैष्णव परिषद् युएईका प्रमुख सल्लाहकार, राप्रपा नेपालका केन्द्रिय सदस्य एवं धार्मिक अभियन्ता तोयानाथ लम्साले जानाकारी दिनु भयो ।
युएईमा रहेका नेपालि संस्थाहरु नेपाली समाज युएई, हिन्दु जागरण नेपाल युएई साखा,सनातन गौ संरक्षण अभियान युएई, MY Nepal UAE, NRNA NCC UAE लगायत युएईमा हुनुहुने सम्पूर्ण जिल्ला सम्पर्क समाजहरु र अन्य विभिन्न संघ संस्थाहरु, व्यावसायिक प्रतिष्ठान साथै भक्तजनहरुको आर्थिक, नैतिक र भौतिक रुपमा सहयोगमा कार्यक्रम गर्न लागिएको लम्साले जानाकारी दिनु भयो । नेपाली समाज युएईका अध्यक्ष वेद प्रसाद अर्याल ले यसप्रकारका कार्यक्रमले युएयमा रहेका नेपालि हरुविचको आपसि सम्वन्ध राम्रो हुनका साथै सहयोगि भावनाको विकास हुने बताउनु भयो ।  NRNA UAEका  अध्यक्ष बिकाश शाहिले कार्यक्रमको प्रति खुशी व्यक्त गदै यस प्रकारका कार्यक्रमलाइ सवैले सहयोग गर्नु पर्ने बताउनु भयो । परिषद् युएईका सम्पुर्ण कार्य समिती परिवार नै उत्साहका साथ कार्यक्रम सम्पन्न लागि परेको अध्यक्ष मणि राम खतिवडाले बताउनु भयो । एक दिवसीय श्रीमद्भागवत सार सारांश कथा सत्सङ्ग कार्यक्रमका संयोजक जे सागरले कार्यक्रमलाइ भब्य र सब्य रुपमा सम्पन्न गर्न आफुहरु लागि परेको बताउनु भयो ।
उपाध्यक्षद्धय अञ्जली भट्टराई ,सम्पत कुमार न्यौपाने , महासचिव श्री प्रदीप दहाल र सचीव गणेश जोशीले आफुहरु सम्पूर्ण ग्राउन्ड ब्यावस्थापनको सवैकाम सकेको बताउनु भयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.