राष्ट्रपतिद्धारा चार अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चार वटा विधेयक जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा
राष्ट्रपति पौडेलले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन् ।
पाँच वटा अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरिएकोमा सोमबार चार वटा अध्यादेश मात्रै जारी भएका छन् । भूमिसम्बन्धी अध्यादेश भने अध्ययनकै क्रममा रहेको राष्ट्रपतिको सचिवालय स्रोतले जानकारी दिएको छ । राष्ट्रपतिबाट जारी अध्यादेश नेपाल राजपत्रमा प्रकाशित भएपछि कानुनको रूप लिने संवैधानिक प्रावधान छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.