बुटवल । फ्लाई दुबईले भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान सुरु गरेको छ । फ्लाई दुबईले मौसमको कारण देखाउँदै मंसिरको अन्तिमबाट उडान रोकेको थियो । फ्लाई दुबईले पुनः दुबई–भैरहवा–काठमाडौं उडान सुरु गरेको विमानस्थलमा सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए । सोमबार दुबईबाट आएको जहाजबाट ९० जना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । जहाजमा आएका बाँकी ८३ यात्रु काठमाडौंका गएका छन् । यस्तै १५ जना दुबई जनाका लागि भैरहवाबाट प्रस्थान गरेको जनाइएको छ । सो कम्पनीले अब नियमित उडान गर्ने बताइएको छ ।