काठमाडौं । अमेरिकी डलरको भाउ कीर्तिमानी दरमा बढ्दै जाँदा बुधबार डलर भाउले हालसम्मकै उच्च दर कायम गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलरको बिक्री दर १ सय ३८ रुपैयाँ ९२ पैसा पुगेको छ । हिजो मंगलबार १ सय ३८ रुपैयाँ ८३ पैसा पुगेको थियो ।
त्यस्तै डलरको खरिद दर १ सय ३८ रुपैयाँ ३२ पैसा कायम भएको छ । मंगलबार १ सय ३८ रुपैयाँ २३ पैसा थियो ।
केन्द्रीय बैंकका अनुसार सोमबार डलरको बिक्री दर १ सय ३७ रुपैयाँ ८५ पैसा र खरिद दर १ सय ३७ रुपैयाँ २५ पैसा कायम भएको थियो । अमेरिकी डलरको भाउ बढ्दा नेपालीले विदेशबाट रेमिट्यान्स पठाउँदा फाइदा हुन्छ भने नेपालबाट सामान आयात गर्दा महँगो पर्न जान्छ ।