कुन–कुन बैंकमा लगानी गरेकाहरुको यसपटक हात खाली

काठमाडौं । मुलुकमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये ९ वटा वाणिज्य बैंकले यसपटक लगाानीकर्तालाई लाभांश नबाढ्ने भएका छन् । गत आर्थिक वर्षको नाफाबाट ११ वटा बैंकले औसतमा ९.२२ प्रतिशत मात्रै लाभांश दिएका छन् । गत आवको नाफाबाट लाभांश नदिने बैंकहरुमा प्रभु बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल बैंक, एनआईसी एसिया बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।
यता, लाभांश घोषणा गरेका वाणिज्य बैंकहरुमा सबैभन्दा बढी स्ट्यान्डर्ड चार्टर्ड बैंकले लाभांश दिएको छ । बैंकले साढे २५ प्रतिशत लाभांश दिएको छ । जसमा साढे ६ प्रतिशत बोनस शेयर र १९ प्रतिशत नगद लाभांश रहेको छ ।
त्यसपछि १० प्रतिशत बढी लाभांश दिने बैंकहरुमा एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, कृषि विकास बैंक र नबिल बैंक रहेका छन् । एभरेष्ट बैंकले १० प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद गरेर १०.५३ प्रतिशत लाभांश दिएको छ भने नेपाल एसबीआई बैंकले ३.८ प्रतिशत बोनस र ६.८५ प्रतिशत नगद लाभांश गरी १०.६५ प्रतिशत लाभांश दिएका छन् । कृषि विकास बैंकले ३ प्रतिशत बोनस र ७.५३ प्रतिशत नगद गरी १०.५३ प्रतिशत लाभांश दिएको छ । नबिल बैंकले भने १० प्रतिशत पुरै नगद लाभांश मात्रै दिएको छ ।
अन्य ६ वटा बैंकले भने ५ प्रतिशतको हाराहारीमा मात्रै लाभांश दिएका छन् । ग्लोबल आईएमई बैंकले यसपटक साढे ५ प्रतिशत बोनस शेयर दिएको छ भने सानिमा बैंकले ५.२६३ प्रतिशत नगद लाभांश दिएको छ । यता लक्ष्मी सनराइज बैंकले पनि ५ प्रतिशत बोनस र त्यसमा लाग्ने करबापत् शून्य दशमलब २६ प्रतिशत कर गरेर ५.२६ प्रतिशत लाभांश दिएको छ । प्राइम कमर्सियल बैंक र सिद्धार्थ बैंकले क्रमशः ५ र ४ प्रतिशत नगद लाभांश मात्रै दिएका छन् भने सिटिजन्स बैंक इन्टरनेसनलले यसपटक ४ प्रतिशत बोनस शेयर र शून्य दशमलब २१ प्रतिशत कर प्रयोजनको लागि लाभांश गरेर ४.२१ प्रतिशत लाभांश घोषणा गरेको छ ।

लाभांश दिएका ११ वाणिज्य बैंकमध्ये ४ वटा बैंकले नगद लाभांश मात्रै दिएका छन् भने ३ वटा बैकले बोनस मात्रै दिएका छन् । नबिल, सानिमा, प्राइम र सिद्धार्थ बैंकले नगद लाभांश मात्रै दिएको छन् भने ग्लोबल आईएमई, लक्ष्मी सनराइज र सिटिजन्स बैंकले भने बोनस मात्रै दिएको छन् । लक्ष्मी सनराइज र सिटिजन्स बैकले कर प्रयोजनको लागि थोरै लाभांश घोषणा गरे भने ग्लोबल आईएमई बैंकले कर प्रयोजनको लागि नगद लाभांश घोषणा गरेको छैन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.