दुई कम्पनीले पाए आईपिओ निष्कासन अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राथमिक निष्कासन अनुमति दिन सुरु गरेपछि बिहीबार मात्रै दुई कम्पनीको प्राथमिक निष्कासन स्वीकृति प्राप्त भएको छ । क्रेष्ट माइक्रोलाईफ इन्स्योरेन्स र ओम मेघाश्री फर्मास्युटिकल्सले पछिल्लो पटक आईपिओ निष्कासान अनुमति पाएका हुन् । उनीहरूले क्रमशः २२ लाख ५० हजार कित्ता र १८ लाख कित्ता शेयर निष्कासन अनुमति पाएका छन् ।
धितोपत्र बोर्डमा नयाँ अध्यक्ष आए यता भने तीन कम्पनीले निष्कासन अनुमति पाए । त्यसअघि सम्पूर्ण निष्कासन अनुमति प्रक्रिया नै अवरुद्ध थियो । बिहीबार दुई कम्पनीले अनुमति पाएसँगै लामो समय अवरुद्ध निष्कासन प्रक्रियाले निरन्तरता पाउने अपेक्षा गरिएको छ । बिहीबार निष्कासन अनुमति पाउने एक माइक्रो लाईफ इन्स्योरेन्स छ भने अर्को औषधि उत्पादन गर्ने कम्पनी छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.