सिर्जनशील रनिङ सिल्ड हाजिरी जवाफ उपाधि कान्तिमावि लाइ

 

बुटवल, माघ ४ । पठन संस्कृति विकास गर्ने उद्देश्यले नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, रुपन्देहीद्वारा आयोजित जिल्ला स्तरीय सिर्जनशील हाजिरी जवाफ प्रतियोगिताको उपाधि कान्तिमावि बुटवलले चुमेको छ । यस क्षेत्रकै सबैभन्दा ठूलो धनराशीको ‘सृजनाशिल जिल्ला स्तरिय रनिङ सिल्ड हाजिरी जवाफ प्रतियोगी’ को उपाधि सहित विद्यालय ५१ हजार पुरस्कार पनि हात पारेको छ ।
त्यस्तै द्धितीय न्यू होराइजन मावि बुटवल, तृतीय सुनगाभा पब्लिक स्कुल सैनामैना सान्त्वना कालिका मानवज्ञान बुटवल भएका छन् । विजेता विद्यालयले क्रमस २५ हजार, १५ हजार र ५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतिष्पर्धामा रूपन्देहीका ५३ विद्यालय सहभागी रहेको कार्यक्रम संयोजक तथा महासंघका जिल्ला उपाध्यक्ष दिपक पाठकले जानकारी दिनुभयो । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष गोपाल बस्यालले पठन संस्कृतिको विकास गर्न आफूहरुले विभिन्न कार्यक्रमहरु गर्दै आएको बताताउनुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै लुम्विनि प्रदेशका स्वास्थ्यमन्त्री खेम सारुमगरले यस्ता कार्यक्रमले विद्यार्थीको प्रतिभालाई प्रस्फुटन गराउन सहयोग पुग्ने बताउदै यस प्रकारका सृजनात्मक प्रतियोगिताले विधार्थिहरुमा हौसला प्रदान गर्ने बताउनु भयो । स्वास्यमन्त्री सारुले यस्ता बौद्धिक कार्यक्रमले विद्यार्थीको अध्यनमा सकारात्मक प्रभाव पार्ने भन्दै यसकिसिमका कार्यक्रममा सवैको ध्यानजानुपर्ने बताउनु भयो । कार्यक्रममा परिक्षाबोर्ड बुटवलका प्रमुख रमाकान्त तिवारीले शैक्षिक विकासमा टेवा पुग्ने तथा बिधार्थिहरुको शैक्षिक उन्नयमा समेत यस प्रकारका कार्यक्रमले महत्व पुर्ण भुमिका खेल्ने बताउनु भयो ।
कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका पूर्व केन्द्रीय अध्यक्ष कृष्णप्रसाद पाण्डे, निर्वतमान केन्द्रीय अध्यक्ष मनहरि बस्याल, पूर्व अध्यक्ष तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ रुपन्देहीका पूर्व अध्यक्ष यामलाल लोहनी,निवर्तमान जिल्ला अध्यक्ष रामकृष्ण चापागाइ, प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डे,हिसान रुपन्देहिका सचिव बावुराम बन्जाडे,अभिभावक संघ रुपन्देहिका अध्यक्ष लोकनाथ ज्ञवालि, लगायतले बोल्दै यस्ता कार्यक्रमले विद्यार्थीको निडरता बढाउनुका साथै अध्यन गर्नु पर्छ भन्ने भावनाको बिकास गराउने बताउनु भयो ।संघका अध्यक्ष गोपाल बस्यालकाको अध्यक्षता, उपाध्यक्ष दिपक पाठकको स्वागत तथा सचिव बालकृष्ण भण्डारीकोे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । हाजिरीजवाफ प्रतियोगिताको कार्यक्रम सञ्चालन अर्जुन चापागाईले गर्नुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.