निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान

नगेन्द्र केसी
मानपकडी । रुपन्देहीको शुद्धोदन गाउँपालिका र नेपाल नियमित रक्तदाता संघ जिल्ला शाखा रुपन्देहीको संयूक्त आयोजनामा शुद्धोधन गापा वडा नम्बर ३ अवस्थित आधारभुत स्वास्थ सेवा केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रम शुद्धोधन ३ का वडा अध्यक्ष हेम खड्काको अध्यक्षता र शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको प्रमुख आतिथ्यतामा भएको हो । सो अवसरमा प्रमुख अतिथि बस्यालले रक्तदातालाई ब्लड व्याग हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गर्दै हरेक स्वस्थ युवाले नियमित रक्तदान गर्नुपर्नेमा जोड दिँदै रक्तदान जस्तो पवित्र दान जीवनमा अरु केही हुन नसक्ने भएकाले यस्तो कार्यमा सदैब लागिपर्न आग्रह समेत गर्नुभएको थियो ।
सो निःशुल्क स्वास्थ्य शिविरमा ११६ जना भन्दा बढीले प्रत्यक्ष रुपमा स्वास्थ्य सेवा लिएका थियोे । हालैमात्र संचालनमा आएको वडा नम्बर ३ अवस्थित आधारभुत स्वास्थ सेवा केन्द्रमा १३ जना रक्तदाताले रक्तदान गर्नुभएको र सो शिविरमारोटरी इ– क्लब अफ मेडिकोफ्युजन हाइब्रीड नेपालबाट नाक कान घाटी विशेषज्ञ डा.प्रकाश बस्नेत र इन्टर्नल मेडिसिन विशेषज्ञ डा. शाहिल भुसालको उपस्थिति रहेको थियो । रक्तदान कार्यक्रममा प्राबिधिक सहयोग रक्तसंचार केन्द्र बुटवल रहेको नेपाल नियमित रक्तदाता संघ जिल्ला शाखा रुपन्देहीका अध्यक्ष अशेष शिलवालले जानकारी दिनुभयो । शुद्धोधन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीको स्वागतमा र शुद्धोधन स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीको संचालनमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.