सेयर बजार २६०० माथि

काठमाडौं । नेप्से परिसूचक पहिलो कारोबार दिन आइतबार १२.५८ अंकले बढेर २६०१.२१ अंकमा बन्द भएको छ । गएको साताको अन्तिम कारोबार दिन बिहीबार ७.३३ अंकले घटेर २५८८.६२ अंक पुगेको थियो ।
आइतबार १ सय ७१ कम्पनीको सेयर मूल्य बढको छ भने ६८ को घटेको छ । चारको मूल्य स्थिर छ ।
नेप्सेका अनुसार आइतबार कुल १ करोड २९ लाख ८२ हजार ६ सय १९ कित्ता सेयर खरिद–बिक्री हुँदा ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार ६ सय २४ रुपैयाँ बराबर कारोबार भएको छ ।
बोटलर्स नेपाल बालाजुको सेयर १० प्रतिशत बढेको छ । त्यस्तै विन नेपाल लघुवित्तको ९.०९, सामलिङ पावर कम्पनी ७.४६, नेपाल रिपब्लिक मिडिया ७.३७ र एनएमबी डिबेन्चरको ७.३५ प्रतिशतले मूल्य बढेको छ ।
सबैभन्दा धेरै सुपरमादी हाइड्रोपावरको सेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । त्यस्तै एनआईसी एसिया सेलेक्ट फन्ड ६.९३, रिभर फल्स पावर ६.४५, ११ प्रतिशत केबीएल डिबेन्चर ५.२५ र अपर हेवाखोला हाइड्रोपावरको ४.४२ प्रशितले घटेको छ।
आइतबार सबैभन्दा धेरे एनआरएन इन्फ्रास्ट्रक्चरको सबैभन्दा धेरै २६ करोड ८५ लाखको कारोबार भएको छ । त्यस्तै सुपर मादी हाइड्रोपावरको २४ करोड ४५ लाख, सानिमा मिडिल तमोर हाइड्रोपावरको १५ करोड १५ लाखको कारोबार भएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.