डेरी एसोसियसनको २६ औ केन्द्रीय साधारण सभा बुटवलमा हुने

 

बुटवल, ६ माघ । ‘आत्मनिर्भर स्वदेशी उत्पादनको प्रवद्र्धन, दुग्ध उत्पादक र उद्योगलाई समर्थन’ नारासहित स्थापना भएको नेपाल डेरी एसोसियसनको २६ औ साधारण सभा तथा स्थापना दिवस २०८१ बुटवलमा हुने भएको छ । नेपाल डेरी एसोसियसनमा आवद्ध देशभरका उद्योगीहरु बुटवलमा जम्मा भएका छन । बुटवलमा पत्रकार सम्मेलन गरि एसोसियसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको बताउनुभयो । उद्योगीहरुको हकहितमा अग्रसर संस्थाको सोमबार स्थापना दिवस अन्तरगत सातै प्रदेशका उत्कृष्ट उद्योगीहरुलाई सम्मान, दीर्घ सम्मान, राष्ट्रिय डेरी सम्मान, कृषि पत्रकारीता सम्मान, उत्कृष्ट किसान सम्मान, युवा ब्यवसायी सम्मान गरिने उहाले बताउनुभयो । दैनिक संकलन उत्पादन ६२ लाख लिटर दुध उत्पादन हुने गरेकोमा त्यसको आधामात्र बजारमा खपत भईरहेको जानकारी गराउनुभयो ।
निजी क्षेत्रको डेरी उद्योगमा अनुमानित लगानी ५० अर्ब रहेको र ५० हजार जनालाई रोजगार दिन सफल भएको दाबी उहाले गर्नुभयो । ‘हामीले वार्षिक २ अर्ब राजश्व तिर्दै आएका छौ । डेरीको मुद्धाका बारेमा आफुहरु निरन्तर संस्थागत रुपमा लागेको भन्दै आफुहरु सधै डेरी उद्योग र किसानको पक्षमा रहेको दाबी गर्नुभयो । केही उद्योगहरुले कुनै बेला एकलौटी दुधको मुल्य घटाउने कुरा गरिरहदा आफुहरु बिरोध गरेको तर्क दिदै उहाले बरु दुधको लागत घटाउने विषयमा आवाज उठाउदै र समाधानको पाटोमा लागेको दाबी गर्नुभयो । ‘हामी मिल्क होलि डे को पक्षमा नभएको बताउदै बरु दुधजन्यपदार्थको स्टोर हुने गरि बिकल्प निकालिरहेको बताउनुभयो ।’ नेपालमा उपभोक्ताको खानाखाने बानी (फुड हेबिट) को कारण खपतमा प्रभाव पार्ने गरेको पनि उहाले बताउनु भयो ।
सरकारबाट ४ उद्योगलाई प्रति लिटर २५ रुपैयाका दरले अन्तशुल्क करको बक्यौता लगाएर गलत गरेको पनि उहाले बताउनु भयो ।
कार्यक्रममा एसोसियसनका लुम्बिनी प्रदेश अध्यक्ष थानेश्वर न्यौपानेले नेपालको राष्ट्रिय उत्पादनमा लुम्बिनी प्रदेशबाट कुल खाद्यान्न उत्पादनमध्ये दुधजन्य उत्पादन ४ लाख ८ हजार २०६ मेट्रिक टन अर्थात १७.९ प्रतिशत रहेको बताउनुभयो । प्रदेशमा उत्पादित कुल दुधमध्ये १५ प्रतिशतमात्र औपचारिक क्षेत्रबाट बजारमा आउछ भने ३५ प्रतिशत अनौपचारिक क्षेत्रमार्फत बिक्री वितरण हुदै आएको छ भने ५० प्रतिशत दुध घरमा नै खपत हुनेसमेत बताउनुभयो । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, राष्ट्रिय दुग्ध विकास बोर्ड, पशुसेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका प्रतिनिधिहरुको उपस्थितिमा दुग्ध क्षेत्रको बारेमा वृहत अन्तरक्रिया गरिने जानाकारी दिनुभयो । घरेलु, साना, मझौला र ठूला डेरी गरि २७० जना ब्यवसायीहरु एसोसियसन आवद्ध छन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.