रुपन्देही पानी उद्योग संघमा नयाँ नेतृत्व,अध्यक्षमा पाण्डे

तिलोत्तमा, माघ १५ । रुपन्देही पानी उद्योग संघमा नयाँ नेतृत्व चयन भएको छ । संघको तिलोत्तमा—४, ड्राइभरटोलमा मंगलबार सम्पन्न तेस्रो अधिवेशन तथा छैठौं साधारणसभाले पुरुषोत्तम पाण्डे (कृष्ण) को अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा जीवन घिमिरे सचिवमा कृष्ण कुँवर र कोषाध्यक्षमा घनश्याम पराजुली चयन हुनुभएको छ ।
यसैगरी कार्यसमतिति सदस्यहरुमा दिपक श्रेष्ठ, सुदीप मरासिनी, दीपेन्द्र कार्की, बिमला कार्की, अतिउल्लाह मुसलमान, सुदीप थापा र गणेश घिमिरे रहनुभएको छ । संघ स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका नवनिर्वाचित अध्यक्ष पाण्डेले यसअघि दुई कार्यकाल सचिव भएर काम गरिसक्नु भएको छ ।
साधारणसभामा संघका कार्यवाहक अध्यक्ष सुनिल कुमार जयसवालले प्रगति प्रतिवेदन पेश गर्दै प्रशोधित पानी व्यवसायीका समस्या समाधान गर्दै व्यवसायीबीच भातृत्वको विकास गर्ने उद्देश्यका साथ संघ क्रियाशील रहेको बताउनुभयो । यस्तै कोषाध्यक्ष कृष्ण कुँवरले आर्थिक प्रतिवेदन पेश गर्दै व्यवसायिक एकता नैं अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गर्नुभयो । नवनिर्वाचित अध्यक्ष पाण्डेले उपभोक्ताप्रति जवाफदेही भएर उद्योगीका समस्या समाधानमा आफू प्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।
साधारणसभापछि संघको नयाँ कार्यसमितिले संघको सल्लाहकारमा ईञ्जिनियर प्रमोद कुमार रावत, सुनिल कुमार जयसवाल, कृष थापा र बीपी गौतमलाई चयन गरेको छ । यस्तै एक लिटर बोटल तर्फको बजार अनुगमन समिति संयोजकमा मिलन जिसी तथा सदस्यहरुमा खिमानन्द उपाध्याय र गुरु बस्याल चयन गरेको छ भने जारतर्फको संयोजकमा ऋषिराम पोखरेल तथा सदस्यहरुमा जीवन क्षेत्री र सकुन्तला चौधरीलाई चयन हुनु भएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.