बुटवल, माघ १६ । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकारले नागरिकमा आशा र भरोसा जगाउने काम गरेको बताउनुभएको छ । उपलव्ध सिमित साधन स्रोत र छोटो समयमा धेरै उपलब्धि हासिल गरेको दाबी गर्दै नेता ज्ञवालीले देशमा सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता रहेको बताउनुभयो ।
प्रेस चौतारी नेपाल रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता ज्ञवालीले देशमा स्थायित्वका लागि दुई ठूला पार्टी (एमाले र कांग्रेस) मिलेर अहिलेको गठबन्धन बनेको र निराशा चिर्नेगरी सरकारले काम गरेको बताउनुभयो । ‘यो सरकार बनेपछि केही देखिने उपलब्धि भएको राजश्व बढेको र रोकिएका विकास निर्माणका काम अघि बढेको तथा आयात निर्यात दुबै बढेको उहाले दावि गर्नुभयो ।
निजी क्षेत्र उत्साहित, सामाजिक सञ्जाल नियमन विधेयक ठिक छ
पूर्व परराष्ट्रमन्त्री रहेका नेता ज्ञवालीले अहिले आएका अध्यादेशले निजी क्षेत्रमा उत्साह देखिएको र संसदमा दर्ता भएको सामाजिक सञ्जाल नियमनको विधेयकले सबैलाई मर्यादामा राख्ने, प्रेस स्वतन्त्रता कायम गर्ने र गलत सूचनाबाट सबैलाई जोगाउने बताउनुभयो । उहाले देशभर सरकारी पीडितलाई अहिलेको सरकार बनेपछि ठूलो रकम फिर्ता गराएको र अहिले पनि निरन्तर काम भएको बताउनुभयो ।
‘सहकारीको बेथिति हटाएको छ, बचत फिर्ता गर्ने पहिलो प्राथमिकता छ । कानुन बमोजिम अघि बढेको छ सरकार सबै दलमा रहेका आरोपितहरू माथि छानविन भइरहेको बताउदै उहाले यसमा पूवाग्रह राख्नुपर्ने कुनै कारण नभएको बताउनु भयो । माओवादी र नेता प्रचण्डप्रति लक्षित गर्दै नेता ज्ञवालीले अस्थिरतामा रमाएर बस्ने व्यक्ति र पार्टीका कारण समय आएको बताउनु भयो । ‘देशमा अस्थिर बढाएर रमाउने दल, नेतालाई सबैले चिनेको अवस्था बताउदै अस्थिरता खेलाडीलाई छट्पटी देखिएको छ अहिलेको कामले, गठबन्धनमा समस्या आयो भनेर रमाउनेहरू पनि छन्, तर त्यो असंभव कुरा भएको बताउनु भयो ।
नेता ज्ञवालीले अमेरिकी सरकारको पछिल्लो नीतिले त्यहाँबाट आउने सहायताका काम रोकिएको र यसले पछिसम्म पनि असर पार्ने बताउनुभयो । ‘ट्रम्पको चुनावी घोषणामै केही यस्ता सहयोग कटाउने उल्लेख थियो, सुरक्षित मातृत्व र आप्रवासी नीतिमा पछिसम्म कडाइ नै हुन्छ,त्यसैले नेपालको अर्थव्यवस्थामा पनि यसले प्रभाव पार्न सक्ने उहाले बताउनु भयो ।