रोहिणी गाउँपालिकाका अध्यक्ष यादव चढ्ने गाडीमा गयराति तोडफोड

रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव चढ्ने गाडीमा गयराति तोडफोड गरिएको छ । अज्ञात व्यक्तिले बिहीबार राती करिब ११ः३० बजे पार्किङ गरेको गाडीमा तोडफोड गरेको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिएका छन् ।
उनका अनुसार लु १ झ ३९५ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहारबाट गाडीको अगाडिको सिसा चर्किएको छ भने दायाँ साईडको सिसा फुटेको छ । रोहिणी–३ लक्ष्मीनगरस्थित अध्यक्ष यादवको निवासमा कम्पाउन भित्र पार्किङमा राखिएको गाडीमा तोडफोड गरिएको प्रहरीले जनाएको छ । घट्नाको बारेमा अनुसन्धान भैरहेको जिल्लाप्रहरी कार्यालय रुपन्देहिले जनाएको छ ।
सिसिटिभी क्यामेरा समेत रहेकाले गाडी तोडफोड गर्ने मान्छेको पहिचान हुन सक्ने विश्वास गरिएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.