जारी प्रथम लखन कप नकआउट फुटबलमा सम्पूर्ण युवा क्लब सुपौली अन्तिम चारमा

 

रुपन्देहि, २ फागुन । बुटवलमा जारी प्रथम लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ मा विजयी हुदै सम्पूर्ण युवा क्लब सुपौली अन्तिम चारमा स्थान बनाएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा लखन ब्रदर्श यूथ क्लबको आयोजनामा भएको खेलमा रामनगर युवा परिवारलाई ट्राईबेकरमा पराजित गर्दै सम्पूर्ण युवा क्लब अन्तिम चारमा प्रवेश गरेको हो । सिद्धेश्वर खेल मैदानमा भएको तेस्रो क्वाटरफाईनल खेलमा निर्धारित समयमा गोलरहित बराबरी भएपनि खेल ट्राईबेकरमा सम्पूर्ण विजयी भएको हो । खेलमा सम्पूर्णका गोलकिपर राजन राना म्यान अफ दी म्याचबाट पुरस्कृत हभएका छन ।
प्रतियोगिता अन्तरगत आईतबार अन्तिम क्वाटरफाईनल खेलमा सियारी गाउपालिका र द एक्स लिजेण्डका बिचमा खेल हुने क्लबका सचिव निरन्जन पन्तले बताउनुभयो । फागुन ७ गतेसम्म चल्ने प्रतियोगितामा १६ टिमले भाग लिएका छन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.