उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

काठमाडौँ, २ फागुन । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अहिले प्रधानमन्त्री निवास, बालुवाटारमा जारी रहेको छ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र संयन्त्रमा सम्लग्न दुवै दलका नेताहरु बैठकमा सहभागी हुनुुहुन्छ ।
बैठकमा सरकार सञ्चालनका विषय, संसद्मा प्रभावकारी भूमिकासहित अत्यावश्यक कानुन निर्माणमा तीब्रतालगायत समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ । यसअघि यसै साता दुुई पटक संयन्त्रको कार्यदलको सम्पन्न भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.