दुधराक्ष कप राष्ट्रिय क्लब पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबलाइ

रुपन्देहि फगुन ३
केशव भण्डारी
नेपाल पुलिस क्लबले सैनामैना दुधराक्ष कप राष्ट्रिय क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार आज भएको फाइनलखेलमा नेपाल पुलिसले त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा हराएको हो । पहिलो सेटमा पुलिसले २५–१७, दोस्रो सेट २५–१८ र तेस्रो सेट पनि २५–२१ ले जित्दै उपाधि हात पारेको हो ।
पुलिसले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता आर्मीले ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् । दुधराक्ष युवा क्लबको आयोजनामा दोस्रो संस्कारणको भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले तेस्रो हुदैँ १ लाख ११ हजार १ सय ११ र सान्तवना स्थान मणिमुकुन्द भलिबल क्लबले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् ।
खेलको सर्वोत्कृष्ट खेलाडी सफल वि.क, वेस्ट स्पाईकर धन बहादुर भट्टराई, वेस्ट ब्लकर धनपति कुवंर, वेस्ट सेटर बलाराम गुरुङ्ग, वेस्ट लिव्रो ईश्वर थापा, वेस्ट सर्भर हिमाल सुनार र वेस्ट कोच चन्द्र कुवंर घोषि भएका छन् । उत्कृष्ट खेलाडीले १५ हजार ५ सय ५५ र अन्य सबै उत्कृष्ट विधाका ७ हजार ७ सय ७७ रुपैया ट्रफी मेडल प्रात्त गरेका छन् ।
प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गर्दै सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्माले दुधराक्ष युवा क्लबले सैनामैनामा राष्ट्रियस्तरको प्रतियोगितामा सम्पन्न गर्न आफैमा चुनौतीपूर्ण रहेकाले क्लबले सफलतापूर्वक सभ्य र भव्य रुपमा खेल समापन भएकोमा खुशी व्यक्त गर्नुभयो । क्लबले सामाजिक र खेल क्षेत्रका विकासका लागि महत्वपूर्ण योगदान पुर्‍याउँदै खेलकुदमा युवाहरूलाई प्रोत्साहित गर्दै स्थानीय स्तरमै राष्ट्रिय स्तरका कार्यक्रम सञ्चालन गर्नु हाम्रो नगरका लागि गर्वको कुरा भएको बताउनुभयो । नगर प्रमुखशर्माले खेल क्षेत्रको विकासमा नगरपालिका सधै सहकार्य गर्ने बताउनुभयो ।
दुधराक्ष युवा क्लबका अध्यक्ष किरण पोख्रेलले स्थानीयस्तरमा भलिबल खेलको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि, र युवाहरूलाई सकारात्मक मार्गमा उन्मुख गराउनुे यसको प्रमुख उद्देश्यले आयोजना गरिएको बताउनु भयो । प्रतियोगिता सम्पन्न गर्ने सहयोगीहरुमा धन्यवाद व्यक्त गर्दै उहाँले क्लबले खेलकुदलाई निरन्तरता दिनुका साथै समाज र नगरको विकासकामा युवा हरुलाइ सक्रिय भएर लाग्नेबतावरण बनाउने बताउनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.