तिलोत्तमा व्यापार संघको साधारण सभा
तिलोत्तमा, ३ फागुन ।
लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरीले उद्योगी व्यवसायी सफल भए मात्रै मुलुकको अर्थतन्त्र माथि उठ्ने बताएका छन् । मुलुकको आर्थिक विकासको एउटा पाटो निजी क्षेत्र भएकाले सरकारले निजी क्षेत्रको मनोवल उकास्ने गरी काम गर्नुपर्ने उनले बताए ।
शनिबार रुपन्देहीको तिलोत्तमा व्यापार संघको एघारौं वार्षिकं साधारण सभालाई सम्बोधन गर्दै एमाले पोलिटब्यूरो सदस्य समेत रहेक ागिरीले उद्योगी व्यवसायीका समस्याहरु समाधान गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । वर्तमान सरकार उद्योगीहरुको हितको पक्षमा रहेको, लगानीको वातावरण निर्माण गरी आर्थिक विकासको गतिलाई तीव्रता दिन चाहिरहेको उल्लेख गर्दै यसका लागि निजी क्षेत्रले पनि साथ दिनुपर्ने उहाँले बताउनुभयो ।
त्यस अवसरमा घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय सदस्य वसन्त रोका, औषधी व्यवसायी संघका शिव ज्ञवाली लगायतले तिलोत्तमा लगानीको हिसावले उपयुक्त र सुरक्षित नगर रहेकोले उद्योगी व्यवसायीका लागि लगानी योग्य वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।
साधारण सभामा प्रतिवेदन प्रस्तुत गर्दै संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले खुला सीमा तथा भन्सारको व्यवस्थापन गर्नुपर्ने, एकद्वार कर प्रणाली लागू गर्नुपर्ने, ट्याक्स पे को आधारमा ६० वर्ष उमेरपछि व्यवसाय छोड्दा वा विपद आइपर्दाको अवस्थामा रिवेट पाउने व्यवस्था गर्नुपर्ने माग गरे । उनले नगरपालिकामा बसपार्क, औद्योगिक क्षेत्र निर्माण गर्नुपर्नेरोहिणी नदीको भलुहीदेखि भैरहवासम्म र तिनाउ नदीको बुटवलदेखि भैरहवासम्म पानीको व्यवस्थापन मिलाई डुंगामार्फत परिक्रम ागर्न सकिने गरी व्यवस्था मिलाउनुपर्ने माग गरे ।
त्यस अवसरमा तिलोत्तमा–१० का वडाध्यक्ष गोपालप्रसाद घिमिरे, नगर कार्यपालिका सदस्य रवि सेन्चुरी, देवदह व्यापार संघका अध्यक्ष कोशबहादुर गुरुङ, एमाले तिलोत्तमा नगर अध्यक्ष मीनप्रसाद पोखरेल, तिलोत्तमा उद्योग व्यापार संगठनका अध्यक्ष प्रेम घर्तीमगर, तिलोत्तमा व्यापार संघका निवर्तमान अध्यक्ष बाबुलाल भुसाल, वरिष्ठ उपाध्यक्ष विष्णुबहादुर बराल क्षेत्री, महासचिव चेतबहादुर बिश्वकर्मा लगायतले उद्योग ब्यवसाय मैत्री नीति नहुँदा मस्या भएको भन्दै सरकारका नीति कार्यक्रम उद्योग ब्यवसायमैत्री हुनुपर्नेमा जोड दिएका थिए ।