पत्रकार बिन्दु भट्टराई पुरस्कृत

 

तिलोत्तमा व्यापार संघले साधारण सभाको अवसरमा सञ्चारको क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै रेडियो लुम्बिनीकी स्टेशन म्यानेजर बिन्दु भट्टराईलाई पुरसकृत गरेको छ ।संघले सञ्चालन गरेका गतिविधि र आर्थिक क्षेत्रको विषयमा कलम चलाएको भन्दै पत्रकार भट्टराईलाई पुरस्कृत गरिएको हो । पुर्व मुख्यमन्त्री लिला गिरी एवं संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले नगद र प्रशंसा पत्रसहित पत्रकार भट्टराईलाई सम्मान गरेका हुन् ।त्यस्तै संघले सञ्चालन गरेको महोत्सवमा सहभागी जनचेतना र्‍याली, उत्कृष्ट स्टल मूल्यांकन समितिमा रहेर योगदान पुर्‍याएको भन्दै संयोजक रोहितराज क्षेत्री, सदस्य डा. गणेश पाठक र प्रा क्रृषिराम भुसाललाई समेत सम्मान गरेको छ । साधारण सभाले अध्यक्ष, महासचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.