बुटवल उपमहानगरको स्थापना दिवसमा विविध कार्यक्रम
केशव भण्डारी
बुटवल । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले संघीयताको मूल भावना अनुसार संघ, प्रदेश र स्थानीय तीनै तहको सरकारलाई पूर्ण अधिकार सम्पन्न बनाउन सरकार लागिरहेको बताउनुभयको छ ।
बुटवल उपमहानगरपालिकाको ६६औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले संघीयता बलियो बनाउन र संविधान कार्यान्वयनका लागि आवश्यक संशोधन र ऐन बनाउनका लागि नै अहिले संसद्का दुई ठुला दल मिलेर अहिले सरकार बनेको बताउनुभएके हो । सिंहले राजनीतिक स्थायित्वका लागि कांग्रेस–एमालेले गठबन्धन गरेर सरकार बनाएको बताउनु भएको छ । उहाले केपी ओली नेतृत्वको सरकारले दीर्घकालीन योजनाका महत्त्वपूर्ण कामलाई निरन्तरता दिएको उल्लेख गर्दै गठन हुदाका लक्ष्य र उद्देश्यमा सरकार केन्द्रित रहेको बताउनु भयो।
‘राजनीतिक स्थिरताको जनचाहना पूरा गर्न समयको आवश्यकता अनुसार संसद्का दुई ठुला दल मिलेर सरकार बनेको छ । कुर्सीमा जानका लागि मात्र अहिलेको सरकार बनेको होइन,’ उहाले भन्दै उहाले,‘संघीयताको मूल भावना अनुसार तीनै तहको सरकारलाई पूर्ण अधिकार सम्पन्न बनाउन सरकार लागिरहेको उहाको भनाइ छ । राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि सरकार लागेको छ ।’
त्यस्तै, उपप्रधानमन्त्री सिंहले अब सहरहरूको विकास गर्दा नागरिकलाई चाहिने न्यूनतम सुविधा दिन सक्नुपर्ने भन्दै नागरिकको जीवन सहज बनाउने गरि सहरलाई अघि बढाउनुपर्ने बताउनुभयो । बुटवल पहिलेबाटै आर्थिक गतिविधिको केन्द्रका रूपका रहेको भन्दै धार्मिक पर्यटनका लागि पनि प्रचुर सम्भावना रहेको उहाको भनाइ थियो । विराटनगर महानगरपालिका प्रमुख नागेश कोईराला ले बुटवलको भौगोलिक संरचनालाई सहकार्य गर्न जरुरी रहेको बताए । डिजिटल प्रशासन र सुशासनमा जोड दिनुपर्ने बताउनुभयो ।
पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले सिंहदरबारको अधिकार गाउँगाउँ मा भएपनि जनता छायामा रहेको भन्द रोजगार उद्यमशिलता विकासका लागि स्थानीय तहले ख्याल गर्नुपर्ने बताउनुभयो । उहाले स्थानीय सरकारले उद्यमशिलता विकास सहित जनतालाई वन, उद्यमशिलता प्रवद्र्धन मा जोड दिनुपर्ने बताउनुभयो । पूर्वमन्त्री श्रेष्ठले जनतालाई अधिकार दिएर जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिदै जनताको जिवनउपयोगी काममा जोड दिनुपर्ने बताउनुभयो ।
तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठलेले स्थानीय सरकारले ५ वटा विषयगत समितिमा टेकेर काम गरेको बताउदै सामाजिक, शिक्षा स्वास्थमा बुटवलले विशेष प्रथमिककता दिएको बताउनुभयो । उहाले पालिकाले वन, वातावरण, विपतको क्षेत्रमा बुटवलले राम्रो काम गरेको बताउनुभयो । बुटवल उपमहानगर पालिकाको सिर तिनाउ गाउँपालिका रहेको भन्दै पालिकाका बिचमा संमन्वय जरुरी रहेको बताउनुभयो । स्थानीय सरकारलाई संघिय सरकारले बजेट कटौती गरेर उपभोक्ता र स्थानीय सरकारलाई जटिलता श्रृजना गरको मा उहाको गुनासो छ । उहाले झुम्साको पानि चाडै बुटवलबासिलाइ खुवाउन चाहेको तर प्राविधिक कारणले ढीलाइ भएको समेत बताउनुभयो ।
पूर्व नगरप्रमुख शिवराज सुवेदी सभ्य बुटवल बनाउनको गर्वगर्न लायक विविध संस्कृति बुटवलमा पाईएको बताउँदै बुटवल जितगढि किल्लाले विश्वलाई सन्देश दिएको बताउनुभयो ।
रूपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे बुटवल उत्कृष्ट नगरको रूपमा सक्षम नगरपालिकाको रूपमा स्थापित हुन सफल हुने शुभकामना दिनुभयो ।
पूर्व उपप्रमुख रामेश्वर प्रसाद श्रेष्ठ बुटवल चलायमान बनाउनको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रीय र प्रदर्शनी केन्द्रबुटवल स्थानीय सरकारलाई दिनुपर्ने माग समेत गर्नुभयो ।
बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले व्यसायिक रूपमा आशालाग्दो बुटवल हो तर उद्यम स्थलको रपमा रहेपनि पर्यटकिय विश्राम स्थलको रुपमा समेत विकास गर्नु पर्नेमा जोड दिनुभयो । कर अशुल भन्दा पनि दायर बढाउन जरुरी रहेको भन्दै अध्यक्ष अर्यालले बिज्ञापन कर, बोड कर पेचिलो बन्दै गएको गएको बताए । नेपाल पत्रकार महासंघ रूपन्देही का अध्यक्ष दिनेश पाण्डेले पत्रकार र स्थानीय सरकारका बिचमा सहकार्य जरुरी रहेको बताउनुभयो ।बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेयले सबैको सहयोग र सद्भाव बाट बुटवल उपमहानगरपालिका अगाडि बढिरहेको भन्दै देशभरका मानिसहरूकोलागि बुटवल विश्राम स्थलको रूपमा विकास हुँदै गएको बताउनुभएको थियो ।
उप प्रमुख सावित्रादेवी अर्यालले पालिकलो किसान, उद्योगी, व्यवसायीहरूसबैको हितमा राखेर काम गर्दै आएको र गुनासोहरूको समय सापेक्षा सम्बोधन गरिने समेत बताउनुभयो । कार्यक्रममा पत्रकार, व्यवसायी, सामाजिक संघ संस्थाका प्रमुख सहित विभिन्न अभियान्ताहरूलाई सम्मान गरिएको थियो । बिभिन्न भेष भुषा,कला धर्म ,संस्कृति जातजाति विवध झाकि –यालि निकालिएको थियो ।