भारतको राजधानी नयाँ दिल्लीको रेलवे स्टेशनमा अस्वभाविक भीडका बीच भागदौड मच्चिदा १५ जनाको मृत्यु भएको छ । घटनामा अन्य १० जना घाइते भएका छन् ।भारतको प्रयागराजमा जारी कुम्भ मेलामा जाने र आउनेको अत्यधिक भीडमा भागदौड मच्चिदा अप्रिय घटना भएको हो ।
नयाँ दिल्लीको लोक नायक अस्पतालका डेपुटी मेडिकल सुपरिटेन्डेन्ट डा. रितु सक्सेनाले हिजो साँझ रेलवे स्टेशनमा हजारौं मानिसहरूको भिड लागेपछि भागदौड मच्चिदा १५ जनाको मृत्यु भएको पुष्टि गर्नुभयो ।