बुटवल, ४ फागुन ।
रुपन्देहीमा सोमबार देखि तेस्रो मेयर कप तथा सातौ बुटवल खुल्ला लन टेनिस प्रतियोगिता २०८१ हुने भएको छ । बुटवल उपमहानगरपालिकाको सहयोगमा रुपन्देही टेनिस संघको आयोजनामा फागुन ५ देखी ९ गतेसम्म हुने प्रतियोगिताको तयारी पुरा भएको संयोजक विष्णु प्रसाद चापागाईले बताउनुभयो । एकलतर्फ पुरुष/महिला एकल, पुरुष ३५ प्लस, पुरुष ४५ प्लस, पुरुष ५५ प्लस, पुरुष ६५ प्लस गरि ६ विधा र डबल्सतर्फ पुरुष डबल्स, महिला डबल्स, पुरुष ३५ प्लस, पुरुष ४५ प्लस र पुरुष ५५ प्लस गरि पाच विधा गरि कुल ११ विधामा प्रतियोगिता आयोजना हुने छ । एकलतर्फ पुरुष/महिला एकलको विजेताले नगद ६०/६० हजार, उपविजेताले नगद ३० हजार तथा तृतिय स्थान हासिल गर्ने खेलाडीले २० हजारसहित कप, मेडल ,प्रमाणपत्रबाट पुरस्कृत गरिने उहाले बताउनुभयो । यसैगरि पुरुष ३५ प्लस, पुरुष ४५ प्लस, पुरुष ५५ प्लस, पुरुष ६५ प्लसका विजेताले क्रमश ४० हजार, ३५ हजार, २५ हजार र १५ हजार रुपैया, उपविजेताले २० हजार, २० हजार, १५ हजार र सात हजार पाच सय रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने संघका अध्यक्ष गोपाल ज्ञवालील जानाकारी दिनुभयो ।
यसैगरि पुरुष डबल्स, महिला डबल्सको विजेताले नगद २० हजार रुपैया, उपविजेताले १० हजार र तृतियले नगद १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ। तेस्तै पुरुष ३५ प्लस, पुरुष ४५ प्लस र पुरुष ५५ प्लसका विजेतालाई जनही नगद १५ हजार, उपविजेतालाई १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ।
बुटवल नगरपालिकाबाट १२ लाख रुपैया सहयोगमा हुने प्रतियोगिता आयोजना गर्न करीब १७ लाख रुपैया खर्च हुने अनुमान रहेको गरीएको छ । प्रतियोगितामा रेकिङ एक सय बढि खेलाडीहरुले भाग लिनेछन ।