दोस्रो मेयर कप फुटबलको तयारी पुरा


बुटवल, ४ फागुन ।

केशव भण्डारी
फुटबल खेल र खेलाडीहरुको विकास गर्ने उद्ेश्यका साथ बुटवलमा अन्तर विद्यालय फुटबल प्रतियोगिता हुने भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र नगर खेलकुद विकास समितिको आयोजनामा विद्यालयस्तरीय दोस्रो मेयर कप छात्र/छात्रा फुटबल प्रतियोगिता २०८१ सोमबारदेखी शुरु हुने भएको हो । बुटवल उपमहानगरपालिकाको सभाहलमा आईतबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी पुरा भएको नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले बताउनुभयो ।
प्रतियोगिताको छात्रतर्फको उपाधि विजेताले नगद १ लाख रुपैया तथा उपविजेता टिमले नगद ६० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उहाले बताउनुभयो । यसैगरि छात्रातर्फ उपाधि विजेताले नगद ५० हजार रुपैया तथा उपविजेता टिमले ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उहाले जानाकारी दिनुभयो । यसैगरि प्रतियोगितामा विधागत उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत पुरस्कृत गरिने छ ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले खेल पूर्वाधार र विकासमा फड्को मार्ने गरि लगानी गरेको दाबी गर्नुभयो । एन्फा एकेडेमीमा १३ वर्ष मुनि युवा खेलाडी उत्पादनमा समेत लगानी गरिरहेको उहाले बताउनुभयो । कार्यक्रममा प्रतियोगिताका म्याच कमिश्नर हरि प्रसाद श्रेष्ठले बुटवल १२, चारपाला खेलमैदान तामनगर र बुटवल १३ जबई खेलमैदानमा गरि दुई स्थानमा प्रतियोगिता जानाकारी दिनुभयो । प्रतियोगितामा छात्रतर्फ २५ र छात्रातर्फ १० विद्यालयहरुले भाग लिदैछन । सात दिन संचालन हुने प्रतियोगितामा १८ लाख खर्च हुने अनुमान रहेको छ । पहिलो संस्करणमा अक्सफोर्ड मावि प्रतियोगिताको विजेता रहेको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.