बुटवल, ४ फागुन । बुटवलमा जारी प्रथम लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ मा आयोजक लखन सेतो शानदार जितका साथ फाईनलमा प्रवेश गरेको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा लखन ब्रदर्श यूथ क्लबको आयोजनामा आईतबार भएको पहिलो सेमीफाईनलमा सम्पूर्ण युवा क्लब सुपौलीलाई ४–० गोल अन्तरले पराजित गर्दै उपाधि दाबेदारी पेश गरेको हो ।
सिद्धेश्वर खेलमैदानमा भएको खेलको पहिलो हाफमा दुबै टिमबाट गोलरहित बराबरी भएको थियो । दोस्रो हाफमा भने आयोजक खेलमा हाबि बन्यो । खेलको ५५ मिनेटमा आयोजक सेतोका क्याप्टेन मिलन आलेले गोल गर्दै टिमलाई अग्रता दिलाए थिय । यसैगरि दोस्रो बिनोद भट्टराईले अर्को गोल गरे । यसैगरि ६५ मिनेटमा मिलन आलेले अर्को गोल गरे । खेलको ७० औ मिनेटमा मिलनले आफनो ब्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरे । रुपेन्द्र पुनको क्रशमा डिबक्सभित्रबाट सम्पुर्णका गोलकिपरलाई बिट गर्दै आलेले विजयी गोल गरे । खेलमा आले म्यान अफ दी म्याच आले घोषित भए ।
प्रतियोगिताको सोमबार हुने दोस्रो सेमीफाईनलमा सियारी गाउपालिकाले देवदह ब्याईज क्लबसंग सामना गर्ने क्लबका सचिव निरन्जन पन्तले बताए । फागुन ७ गतेसम्म चल्ने प्रतियोगितामा १६ टिमले भाग लिएका छन ।