बुटवल । ल्याण्डमार्क एजुकेशन बुटवलले यहि फागुन ७ गते ल्यान्डमार्क स्पेल बि च्याम्पेनसीप–२०२५ आयोजना गर्ने भएको छ । यस क्षेत्रमा कक्षा ११ र १२ मा पढ्दै गरेका विद्यार्थीहरुलाई लक्षित गरी अंग्रेजी भाषामा दक्ष बनाउने र क्षमता विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरीएको बुटवल शाखा प्रमुख सागर बस्यालले जानकारी दिए । मिलनचोकस्थित पाम इन्टरनेशनल होटेलमा आयोजना हुने कार्यक्रममा बिद्यार्थीहरु निःशुल्क रुपमा सहभागी हुन पाउने उनले बताए । कार्यक्रममा २० भन्दा बढी बिद्यालयबाट २५ समुहको सहभागिता रहने अपेक्षा गरीएको एकेडेमिक काउन्सिलर तथा कार्यक्रम संयोजक प्रविन पन्थले बताए । उनका अनुसार एक समुहमा ३ जना विद्यार्थी रहनेछन् । बुटवलमा पहिलो पटक आयोजना गरीएको कार्यक्रममा प्रथम हुने समुहले २१ हजार ३ सय रुपैयाँ नगद पुरस्कारसँगै मेडल र प्रमाण पत्र पाउनेछन् । यस्तै दोस्रो हुने समुहले १५ हजार १५०, तेस्रो हुने समुहले ७ हजार ७५ र चौथो हुने समुहले ४ हजार ५४५ रुपैयाँ पाउनेछन् । ल्याण्डमार्कले अष्टेलिया, क्यानडा, युएस र युकेको लागि काम गर्दै आएको छ । ल्याण्डमार्क विदेशमा शैक्षिक गन्तव्य बनाउन चाहाने विद्यार्थीको पहिलो रोजाइमा रहेको शाखा प्रमुख बस्यालले बताए । काठमाडौंमा मुख्य कार्यालय रहेको ल्याण्डमार्कका चितवन, बुटवल, विराटनगर र अष्ट्रेलियाको सिड्नीमा शाखा कार्यालय रहेका छन् ।