फागुन ५ सोमबार सैनामैना । सैनामैना नगरपालिका वडा नं ५ मा रहेको युवा सञ्जालको आयोजनामा आयोजित वडा स्तरीय नकाउट फुटबल प्रतियोगिता अन्तरगत आज दोस्रो दिन दुई खेल सम्पन्न भएका छन । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नारा सहित फुटबल प्रतियोगिता आयोजना भएको हो । प्रतियोगिताको दोस्रो दिन आज दुई खेल सम्पन्न भएका छन् । सैनामैना ५ बक्सडस्थित कोटिया खेल मैदानमा सम्पन्न पहिलो खेलमा वडा नम्बर १ र वडा नम्बर १०विजयी भएको खेल संयोजक रेवन्त सिंजालीले जानकारी दिनुभयो । खेल संयोजक सिंजालीका अनुसार पहिलो खेलमा वडा नम्बर १ ले वडा नं ९ लाई ५-१ को अन्तरमा हराएको हो भने दोस्रो खेलमा वडा नं १० ले वडा नं ७ लाई १-० गोल अन्तरले हराएको हो । प्रतियोगिताको विजेता हुने टोलीले ५१ हजार १ सय ११ रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने टोलीले २५ हजार ५ सय ५५ रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै, उत्कृष्ट खेलाडीले ३ हजार र प्रत्येक खेलका म्यान अफ द म्याच हुने खेलाडीले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।