बुटवल फागुन ६
–राष्ट्रिय समाचार समिति (रासस) को ६४ औं वार्सिकोत्सक २०८१ का अवसरमा “स्थानीय सञ्चार माध्यम र रासस सेवाग्राही प्रवद्र्धन” विषयक अन्तरक्रिया कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । राष्ट्रिय समाचार समितिका लुम्बिनी प्रदेश प्रमुख भरत केसीको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै अर्यालले बुटवलले मिडियाकर्मी तथा सञ्चारगृहलाई समान व्यवहार गर्ने बताउनुभयो । उहाले देशमा दुई ठुला पार्टीहरु मिलेर देशमा सुशासन र विकासले फड्को मारेको बताउनुभयो । उहाले बुटवलमा महिलाहरुलाई उद्दमशीलता र सीपसंग जोडने, मन्टेश्वरी तालिम र केयर गीभरको योजना ल्याएको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष शेर बहादुर केसीले बोल्दै समय अनुसार राससले आफ्नो व्यवसायिक तथा समाचार कन्टेन्टमा फड्को मारेको बताउनुभयो । उहाले स्थानीय सञ्चारमाध्यमको अभिभावक रासस भएकोले पालिका बिशेष स्टोरीहरु लेख्नका लागि राससलाई सुझाव दिनुभयो ।
त्यस्तैगरी प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष भगवती पाण्डेले सञ्चार माध्यम संकटमा भएकोले त्यसको लागि राससले अग्रणि भूमिका खेल्नुपर्ने बताउनु भयो । त्यस्तैगरी प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य अमृत गिरीले बोल्दै शुभकामना व्यक्त गर्नुभयो । उहाले राज्यले गरेका सकारात्मक कार्यहरु राससले प्रचारप्रसार गरोस् भन्ने सुझाव राख्नुभयो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले बोल्दै राज्यसंग जोडिएर प्रकाशित हुने समाचारहरु राससले बिक्री गर्न नहुने बताउनुभयो । उहाले राससका समाचारका सेवा ग्राही र ग्राहकहरु बढेको बताउनुभयो ।
त्यस्तैगरी नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष रामप्रसाद आचार्यले बोल्दै आम जनतामा सूचना सम्प्रेषण गर्ने रासस जेठो संस्था भएको बताउनुभयो । उहाले स्थानीय र प्रदेश तहका विकास र समृद्धिका समाचारहरु राससले उठान गर्न आवश्यक रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेलले बोल्दै विश्वभरी आएको आर्थिक संकटसंगै न्यू मिडियाहरुको उदय भएको बताउनुभयो । उहाले पछिल्लो समय राससको लोकप्रियता बढेकोले विस्वसनीयतामा प्रश्न गर्न नपरेको बताउनुभयो । उहाले स्थानीय सन्चारमाध्यम संकटमा परेकोले सेवा लिदा न्युनतम शल्क लिन आग्रह गर्नुभयो । लुम्बिनी सञ्चार समन्वय परिषदका अध्यक्ष मिलन गाहाले बोल्दै राससले हिजो गर्ने कन्टेन्ट र आजको कन्टेन्टमा फरकपन ल्याएको बताउनुभयो ।
उहाले तीन तहको सरकारले मिडियाप्रतिको चासो कस्तो राखेको छ भन्ने विषय महत्त्वपूर्ण रहेको बताउनुभयो । राससका लुम्बिनी प्रदेश प्रमुख भरत केसीले राससको सेवाका बारेमा जानकारी गराउदै आगामी दिनमा राससको सेवालाई थप प्रभावकारीरुपमा अघि बढाउने बताउनुभयो । राससका रुपन्देही सम्वाददाता छाया पन्तले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।