महिलाकै नेतृत्व,महिलाहरुकै सहयोगमा,बन्यो तिनतल्ले सामुदायिक भवन,

 

बुटवल,७ फागुन । बुटवल उपमहानगरपालिका वडा नं – १३ बेलबासस्थित प्रगतिपथ टोल विकास संस्थाले प्रगतिपथ सामुदायिक भवनको समुदघाटन गरिएको छ । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रादेवी अर्यालले भवनको उद्घाटन गर्नुभएको हो ।
प्रमुख अतिथि समेत रहनु भएका नगर प्रमुख पाण्डेयले बुटवल उपमहानगरले महिला हरुलाइ आत्मर्भिर बनाउन कालागि धेरै कार्यक्रम ल्याएको बताउदै उत्पादन मुलक तालिमका लागि सहयोग गरीरहेको बताउनु भयो । नगरप्रमुख पाण्डेले दिदीबहिनीहरुको अथक मेहनतले सामुदायिक भवन निर्माण गर्न सफल भएको भन्दै भवन बनाउन सहयोग गर्ने सवैको प्रसंसा गर्नुभयो । उहाले यो भवनमा धेरै महिला दिदीबहिनीहरुलाई आत्मनिर्भर एवम् स्वरोजगार हुनका उपमहानगरपालिकाले विभिन्न तालीमहरु चलाउन उपयोगि बनाउन आग्रह गर्नुभयो । कार्यक्रममा बुटवल उपमहानगर पालिका उप प्रमुख सावित्रादेवी अर्यालले टोलका महिला दिदीबहिनीहरुको सामुहिक एकता र सहयोगका कारण भवन निर्माण गर्न सहजता पुगेको बताउँदै दिदीबहिनीहरुलाई रोजगार प्रदान गर्न उपमहानगरपालिका निरन्तर लागेको बताउनुभयो । बुटवल उपमहानगरपालिका र विभिन्न सहयोगी दाताहरुको आर्थिक सहयोगमा करिब २५ लाखको लगानीमा सुविधा सम्पन्न भवन निर्माण गर्न आर्थिक तथा भौतिकरुपमा सहयोग गर्ने सबै सहयोगी दाताहरुलाई संस्थापक अध्यक्ष तथा समाजसेवी मधुकला कुँवरले धन्यवाद व्यक्त गर्नुभयो ।
समुद्घाटन कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने चन्दादाता, जिन्सीदाता, तत्कालीन चन्दादाता र टोल बचत सदस्यहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा टोलविकास संस्थाका सल्लाहकार हरिलाल सुनार, १३ नं. वडाका सदस्य कृष्णा सुनार, मन्दिरा गौडेललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष नारायण बहादुर पुन, वडा सदस्यहरु धु्रव थापा, लाल बहादुर गुरुङ्ग, प्रगतिपथ टोल विकास संस्थाका सल्लाहकार डि. आर. घिमिरे, पुरुषोत्तम घिमिरे, नेकपा एमालेका बुटवल नगर अध्यक्ष शोभाकर पोखरेलगायतको सहभागिता रहेको थियो । टोलका अध्यक्ष रेशमराज मरासिनीले २०५९ सालमा स्थापना भएको प्रगतिपथ टोल विकास संस्थाले टोलमा भएका हरेक गतिविधि तथा सचेतनामुलक कार्यहरुलाई हातेमालो गर्दै एकजुट भएर अगाडि बढेको बताउँदै आगामी दिनमा पनि यस्तै साथ र सहयोग पुग्ने विस्वास व्यक्त गर्नुभयो । भवन निर्माण समितिका संयोजक लक्ष्मी घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा समितिका सचिव शान्ता घिमिरेको स्वागत मन्तव्यमा कार्यक्रमको सञ्चालन संस्थापक अध्यक्ष मधुकला कुँवरले गर्नुभएको थियो । महिलाकै नेतृत्व रहेको प्रगतिपथ टोलविकास संस्थामा कार्यसमितिमा पनि ९५ प्रतिसत महिलानै रहनुभएको छ भने झण्डै ९५ प्रतिसत बढी महिलाहरुको चन्दा सहयोगमा बनेको प्रगतिपथ सामुदायिक तिन तल्ले भवन निर्माणको आर्थिक समितिमा १३ मध्ये ११ जना महिला सदस्य हुनुहुन्छ । भवन निर्माण समितिमा समेत दुइतिहाइ महिलाहरु नै हुनुहुन्छ । प्रगतिपथ टोलविकास संस्था ५९ सालमा स्थापना भएको हो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.