बुटवल, १३ फागुन ।
देशमा घट्दो जनसंख्या नीजि शिक्षालयहरुलाई चुनौती र अवसरका रुपमा रहेको उच्च शिक्षालय तथा माध्यमिक विधालय संघ नेपाल (हिसान) का केन्द्रिय अध्यक्ष रमेश कुमार सिलवालले दाबी गर्नुभएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) रुपन्देहीको १३ औ वार्षिकोत्सव तथा साधारण सभाको उद्घाटन गर्दै केन्द्रिय अध्यक्ष सिलवालले मुख्य चुनौतीका रुपमा जनसंख्या घट्नु रहेको भन्दै यसलाई अवसरका रुपमा पनि लिन सकिने बताउनुभयो ।
जनसंख्या कम हुदा अभिभावक राम्रो शिक्षा दिन चाहने र त्यसमा नीजि शिक्षालयहरुलाई अवसर बन्ने उहाले बताउनुभयो । नेपाल पहिला भन्ने भावना हरेकबाट शुरु गर्नुपर्ने उहाको भनाइ छ । ‘नेपालमा केहि छैन भन्ने भाष्य चिर्न जरुरी छ भन्दै उहाले सामाजिक संजालहरुमा केहि समुह नै नकारात्मक विषय बिक्ने नाममा निरन्तर प्रचारमा लाग्नु गलत भएको बताउनुभयो ।
सामाजिक संजाल त समुदायका राम्रो विषयलाई ल्याउनुपर्ने उहाको सुझाव छ । नेपालको शैक्षिक अवस्थामा अवसर र चुनौतीहरु रहेको बताउनुभयो उहाले शैक्षिक विकाससंगै देशका हरेक क्षेत्रमा विकास भएको उदाहरण दिदै देशका शासकहरुको सोचमा परिवर्तन आउन नसकेको पनि बताउनुभयो ।
गुणस्तरीय र,‘राम्रा विद्यालय कसरी निर्माण गर्ने भन्ने मुख्य चुनौती रहेको उहाको भनाइ छ ।’कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्ड लुम्बिनी प्रदेशका प्रमुख रमाकान्त तिवारीले हिसानबाट हरेक शैक्षिक गतिविधिमा सहयोग मिलेको स्मरण गर्दै संस्थागत रुपमा नङमासुको आत्मिय सम्बन्ध रहेको बताउनुभयो । कठिन समयमा निजि सम्पति लगाएर गुणस्तरिय शिक्षा दिएर विदेश जाने युवा रोक्न निरन्तर लागेको निजीक्षेत्रलाइ सम्मान गर्नुपर्ने उहाको भनाइ छ । हिसान र प्याब्सनको आआफ्नो भुमिका रहेको भन्दै शैक्षिक र संस्थागत विकास र संगठनको विकासमा एकतावद्घ भएर जानुपर्ने सुझाव दिनुभयो । शैक्षिक गुणस्तरलाई ध्यान दिनुपर्ने बेला आएको र शिक्षालाई सिप, संस्कार, ब्यवहारिक रुपमा लागुहुने गरि जोड्न जरुरी रहेको उहाको भनाइ रहेकोछ ।
कार्यक्रममा हिसान नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष युवराज शर्माले नेपालमा शैक्षिक संस्थाहरुको हकहितमा लाग्न सुझाव दिदै प्रविधिले धेरैफड्को मारेकोले सोहि अनुसार शिक्षालाइ लैजान सक्नुपर्ने बताउनुभयो ।
केही विश्वविधालयहरु निति बनाउने काम आजको पहिलोे आवश्यकता भएको बताउनुभयो ।पाठ्यक्रम निर्माण गर्न सक्ने, पुर्वाधार विकास गर्न सक्ने विश्वविधालयबाट आवश्यक पहलमा जोड दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुषालले संस्थाको प्रगति विवरण प्रस्तुत गर्दै हिसानबाट वर्षभरि गरेको कामबारे प्रकाश पार्नुभयो ।
कार्यक्रममा हिसानका पुर्व अध्यक्ष डाक्टर दामोदर भुसाल,एनप्याप्सन रुपन्देहिका अध्यक्ष तिलव केसि, पत्रकार महासंघ रुपन्देहिका अध्यक्ष दिनेश पाण्डे, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, प्याब्सन लुम्बिनीका अध्यक्ष लालहरि पाण्डे, हिसान रुपन्देहीका सचिव बाबुराम बन्जाडेले गुणस्तरिय शिक्षामा नीजि शिक्षालयहरुको योगदान र चुनौती बारे बताउनुभयो । कार्यक्रममा हिसान रुपन्देहीका सल्लाहकार अनन्तराज शर्मा, टुक बहादुरक्षेत्री, प्रो रामचन्द्र आचार्य, लोकनाथ उपाध्यायसहित सिगो जिल्ला कार्यसमितिलाई सम्मान गरिएको थियो ।