शरद यादवपछि कांग्रेस नेता करण सिंह भेट्दै मोर्चा नेताहरु

मंसिर २०, २०७२- नेपालको राजनीतिक समस्यामा समाधान पहिल्याउन भारतको विदेश मन्त्रालयले आवश्यक परामर्शका लागि मधेसी मोर्चासम्बद्ध ४ जना नेता आइतबार दिल्ली पुगेका छन् । जनता दलका अध्यक्ष शरद यादवलाई उनीहरुले उनकै घरमा भेट गरेका छन् । यसपछि मोर्चाका नेताहरुले कांग्रेस आइका नेता करण सिंह र भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई भेट्ने कार्यक्रम छ ।

मोर्चाका नेताहरु दिल्लीस्थित ताजमानसिंह होटलमा बसिरहेका छन् । उनीहरुलाई भारतीय विदेश मन्त्रालयका नेपाल मामला हेर्ने सहसचिव अभय ठाकुरले स्वागत गरेका थिए ।

मोर्चा नेताहरु उपेन्द्र यादव, महेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतोले आइतबार बिहान जनता दलका अध्यक्ष शरद यादवसँग भेटवार्ता गरेका हुन् । यस्तै ४ बजे कंग्रेस आईका नेता करन सिंह र  नेश्नलिष्ट कांग्रेसका नेता डिपी त्रिपाठीसँग भेटघाट गर्ने कार्यक्रम छ ।

मोर्चाका नेताहरुसँग विदेशमन्त्री शुष्मा स्वराजले बेलुकी साढे ७ बजे डिनर मिटिङ गर्ने छिन् ।

यस्तै नेताहरु अब्जर्भर रिसर्च फाउण्डेसनमा मांगलबार आयोजना हुने बहस कार्यक्रममा समेत भाग लिने छन् । जेएनयूमा पनि मंमगलबार मधेस सरोकार विद्यार्थी समुहले आयोजना गर्ने छलफल कार्यक्रममा समेत उनीहरुले सहभागीता जनाउने छन् ।

Comments

comments