नेपाली बजारमा आइफोन ६ एस

iphone

मंसिर १४, २०७२- नेपालका लागि एप्पल आइफोन तथा आइप्याडको आधिकारिक बिक्रेता जेननेक्स्ट कम्युनिकेसन्सले ६ एस सिरिजका मोबाइल भित्र्याएको छ ।

अब नेपाली बजारमा एप्पल आइफोनको ६ एस १६, ६४, र १ सय २८ जीबी बजारमा उपलब्ध हुने जारी विज्ञप्तिमा उल्लेख छ ।

यसमा १२ मेगापिक्सलको क्यामेरा, ४ के क्वालिटीको भिडियो रेकर्डिङ क्षमता र ३ डी टच डिस्प्ले भएको कम्पनीले जनाएको छ ।

 

Comments

comments