खटपट मिलाउन एमाले स्थायी समिति

पार्टीभित्रको चुलिदो असन्तुष्टि र समसामयिक राजनीतिबारे छलफल गर्न सत्तारुढ एमालेको स्थायी समिति बैठक शुरु भएको छ । सत्ता साझेदार नेकपा माओवादी केन्द्ले बजेट लगत्तै सरकारको नेतृत्व परिवर्तन गर्ने बहस चलाइरहेका बेला एमालेले स्थायी समितिमा त्यसबारे छलफल गर्दैछ । सो विषयमा एमालेभित्रैबाट पनि विवाद देखिएको छ ।
वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल पक्षले सत्ता परिवर्तनबारे भद्र सहमति भएको बताउदै आएको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसमा आपत्ति जनाउदै सत्ता नछाड्ने अडान राख्नुभएको छ ।

Comments

comments